एसइई दिएर बसेका विद्यार्थीलाई ‘करियर काउन्सिलिङ’

हेटौंडा, माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका विद्यार्थीलाई थाहा नगरपालिकाले ‘करियर काउन्सिलिङ’ गरेको छ ।
थाहा नगरपालिकाको महिला,बालबालिका,जेष्ठ नागरिक तथा अपांग परिचयपत्र शाखा द्वारा आयोजित नगरपालिका भित्रका एस ई ई दिएर बसेका बिद्यार्थी,शिक्षक ,अभिभावकलाई दिएको करियर काउन्सिलिङ र आर्ट अफ प्यारेन्टिङ कार्यक्रम २६ जेष्ठमा सम्पन्न भएको छ।

ADVERTISEMENT

कार्यक्रमको उद्घाटन गर्दै थाहा नगरपालिका प्रमुख बिष्णु बिष्टले विद्यार्थीहरुलाई अहिलेदेखि नै मेहनत गरे जीवनमा सक्षम र सफल हुन सकिने भन्दै आफूलाई चिन्न आग्रह गरे। बिष्टले पारिवारिक दबाब भन्दा पनि आफ्नो क्षमता र आफ्नो इच्छाअनुसारको विषय छनोट गर्न आग्रह गरेका थिए।

कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले शिक्षक र अभिभावकबीचको सहकार्य र समन्वयले नै विद्यार्थीलाई सधैं ऊर्जावान् र सक्रिय बनाउने बिचार राख्दै विद्यालयका लागि अभिभावकको भूमिका अतुलनीय हुने कुरामा जोड दिए।
दुई दिन संचालित कार्यक्रममा पहिलो दिन एस ई ई दिएर बसेका थाहाका १६ वटा संस्थागत तथा सामुदायिक विद्यालयका २ सय विद्यार्थीलाई मोटिभेसनल स्पिकर अनिता बलले संसारमा हरेक मानिसमा भिन्दाभिन्दै प्रतिभा हुने भन्दै उनीहरुले आफू भित्रको प्रतिभा चिन्न सके जीवनमा सहजै सफल हुन सक्ने भन्दै एसइईपछिको शैक्षिक भविष्यकोबारे गम्भीर हुनको लागि प्रेरणा दिइएको थियो।

कार्यक्रममा थाहा जीवन योग प्रयोगशालाका योग गुरु देवेन्द्र रुपाखेतीले विद्यार्थी हरुलाइ योग र ध्यान बाट काउन्सिलिङ गरेका थिए। कार्यक्रमको दोस्रो दिन विद्यालय व्यवस्थापन समितिका सदस्य तथा शिक्षक अभिभावक संघका पदाधिकारी र अभिभावक हरुको निम्ति आर्ट अफ प्यारेन्टिङ कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा अविभावकले बच्चाहरुलाई घर घरमा असल संस्कारका कुराहरु गरिदिने, असल चरित्र, अनुशासन, मान सम्मान, आदर तथा सकारात्मक भाईब्रेसन आउने कुराहरु गर्न जरुरी रहेको यसका लागि विद्यालय, शिक्षकको मेहनतका साथ अविभावकको सकारात्मक भूमिकाको बारेमा काउन्सिलिङ गरिएको महिला,बालबालिका शाखाकी शाखा प्रमुख प्रतिमा मोक्तानले जानकारी दिनुभयो।

महिला तथा बालबालिका समिती संयोजक अनिता बलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यता तथा उपप्रमुख भरत गोपालीको बिशिष्ट आतिथ्यता रहेको थियो कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण गिरी,शिक्षा शाखा प्रमुख माधव बिक्रम मल्ल,शिक्षक महासंघ थाहाका अध्यक्ष राजाराम कार्की,प्याव्सन थाहा नगर अध्यक्ष सुरेन्द्रमान प्रधान,ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख श्याम थापा मगर लगायत शिक्षक,विद्यार्थी हरुको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya