बागमतीको सभामुखमा गठबन्धनका पाठक चयन

हेटौंडा/ बागमती प्रदेशको सभामुख पदमा सत्तारुढ गठबन्धनका उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता भुवन पाठक निर्वाचित भएका छन् । शुक्रबार भएको प्रदेशसभा बैठकमा भएको मत विभाजनमा पाठकलाई सभामुखमा नियुक्त गरियोस् भन्ने पक्षमा ६२ मत परेको थियो । सभामुखमा निर्वाचित भएका पाठकको विपक्षमा भने ३९ मत परेको थियो । नेपाली कांग्रेसका उम्मेदवार शिवराज अधिकारीलाई सभामुखमा नियुक्त गरियोस् भन्ने पक्षमा ३७ र नेपाल मजदुर किसान पार्टीका सिर्जना सैंजुलाई सभामुखमा नियुक्त गरियोस् भन्ने पक्षमा ३ मत रहेको थियो ।

ADVERTISEMENT

यस्तै ७ जना सांसद् भने तटस्थ बसेका थिए । नेकपा (एकीकृत समाजवादी)बाट निर्वाचित प्रदेशसभा सदस्यहरु तटस्थ बसेका हुन् । ११० सदस्यीय बागमती प्रदेशको प्रदेशसभामा १०९ जनाले मत विभाजन प्रक्रियामा सहभागिता जनाएका थिए । प्रदेशसभाका ज्येष्ठ सदस्य रहेका सभाध्यक्ष रामप्रसाद ढुङ्गानाले मतविभाजन प्रक्रियामा सहभागिता जनाएका थिएनन् । सभामुखमा चयन हुनका लागि ५५ मत आवश्यक रहेको थियो ।

मुख्यमन्त्री नियुक्तीको क्रममा शालिकराम जम्मकट्टेललाई माओवादी सहित नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले समर्थन गरेको भएपनि सभामुखको निर्वाचनमा भने नेकपा एस तटस्थ बसेको हो ।
प्रदेशसभामा माओवादीको २१, एमालेको २७, राप्रपाको १३, नेकपा (एस)को ७ र हाम्रो नेपाली पार्टीका २ जना सांसद रहेका छन् । कांग्रेससँग ३७ र नेमकिपाका ३ सांसद रहेका छन् । सत्तारुढ दल बीच केन्द्रमा भएको भागबन्डा बमोजिम बागमती प्रदेशमा मुख्यमन्त्री माओवादी केन्द्र, सभामुख राप्रपा र उपसभामुख एमालेले पाउने छ । यस प्रदेशमा उपसभामुख चयनका लागि भने प्रक्रिया सुरु भएको छैन ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya