कैलाश गाउँपालिकाद्धारा नौ चेलीे सम्मान

हेटौंडा, मकवानपुरको विकट कैलाश गाउँपालिकाले बाल बिवाह न्युनीरकणका लागि बिगतका वर्षदेखि नै सुरु गरेको चेली प्रोत्साहन कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको छ । कम्तिमा दस जोड दुई पास गरी २० वर्ष उमेर पार भएपछि मात्र बिवाह गर्ने चेलीलाई गाउँपालिकाले नगदसहित सम्मान गरेको हो ।

ADVERTISEMENT

मंगलबार गाउँपालिकाको १५ ओैँ हिउँदे अधिवेशनका अवसरमा ९ जना चेलीलाई नगदसहित सम्मान गरिएको हो । गाउँपालिकाका अध्यक्ष लोक मुक्तान, उपाध्यक्ष बालकुमार मल्ल, प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठलगायतले प्रति व्यक्ति २० हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरेका हुन् ।

सम्मानित हुनेहरुमा अम्बिका अर्याल, अनिता रुम्बा, कैलाश ९ कि कल्पनामाया घलान, कैलाश ९ कि सविना रुम्बा, वडा नम्बर ६ कि हिरा मुक्तान, वडा नम्बर ९ कि देवकी वर्तौला, वडा नम्बर १० कि लक्ष्मी ब्लोन, वडा नम्बर शान्ति तितुङ र वडा नम्बर १० कि अबिगेल प्रजा रहेका छन् । गाउँपालिका अध्यक्ष मुक्तानले विवाह अघि कम्तिमा पनि १० जोड २ पास गर्नुपर्छ र २० बर्ष पूरा हुनुपर्छ भन्ने सन्देश दिनका लागि प्रोत्साहन कार्यक्रम राखिएको बताए । उनले देशभरका स्थानीय तहहरुमध्ये यो कार्यक्रम पृथक कार्यक्रम भएको बताए । गउँघरमा छोरीलाई वालविवाह गर्ने, पकीईबाट बञ्चित गर्ने चलन अझै रहेको बताउँदै उनले यस्ता कार्यक्रमले सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरे ।

उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले कार्यक्रमलाई बृहत रुपमा विस्तार गर्दै लैजाने बताए । उनले २० बर्ष पूरा भएपछि मात्र विवाह गर्न चेतना फैलियोस र परिपक्व भएपछि मात्र विवाह गर्नुपर्छ भन्ने सन्देश दिन यो कार्यक्रम आयोजना गरिएको बताए । गाउँपालिकाले हरेक वर्ष चेली प्रोत्साहन कार्यक्रमका लागि बजेट विनियोजन गर्दै आएको छ ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *