अङ्गारेश्वर धार्मिक तथा पर्यटन स्थलमा श्रीमद् भागवत सप्ताह हुँदै

हेटौंडा, मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७, ठूलोगङ्गटेमा श्रीमद् भागवत सप्ताह हुँदैछ । अङ्गारेश्वर धार्मिक तथा पर्यटन स्थलमा यही माघ ३० गतेदेखि फागुन ७ गतेसम्म “श्रीमद् भागवत सप्ताह ज्ञानमहायज्ञ’’ हुने भएको हो ।

ADVERTISEMENT

महायज्ञ अङ्गारेश्वर धार्मिक तथा पर्यटन स्थल, अङ्गारेश्वर खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, अङ्गारेश्वर टोल विकास संस्था र अङ्गारेश्वर दूग्ध उत्पादक सहकारी संस्था लि को संयुक्त आयोजनामा हुन लागेको हो । नियमित सत्सङ, आध्यात्मिक प्रवाचनको आरम्भ गरी सनातन धर्म, संस्कार संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले महायज्ञ गर्न लागेको मूल समारोह समितिका संयोजक कृष्णदेव भण्डारीले बताए । भण्डारी अङ्गारेश्वर धार्मिक तथा पर्यटन स्थलकै अध्यक्ष हुन् । यस्तै, महायज्ञ सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएको छ ।

सहसंयोजक तथा प्रसाद व्यवस्थापनमा मिनप्रसाद दहाल, अर्थ समितिमा धर्मराज अर्याल, प्रचार समितिमा चुडामणि रुपाखेती, पुजा समितिमा केशव भुजेल, अतिथि सत्कार तथा सम्मान समितिमाः माया राना, सरसफाइ समितिमा ॐ प्रसाद अधिकारी र समान खरिद समितिमा शमशेर पुडासैनीलाई संयोजक तोकिएको छ । सो महायज्ञबाट संकलन भएको रकमबाट मन्दिर परिसरभित्र १० फिट अग्लो आधारस्तम्भमा १० फिट अग्लो महादेवको ध्यानावस्थाको मूर्ति स्थापना गर्ने, मन्दिर परिसरमा भएको सभाहललाई स्थरोन्नती गर्ने, मन्दिरको जग्गामा घेराबारा ९पर्खाल० निर्माण गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *