हेटौंडा, हेटौंडा ९ मा रहेको नारायणी बहुउद्देश्यीय सहकारी संस्थाको २८ औँ वार्षिकोत्सवका दिन जेष्ठ शेयर सदस्यलाई वृद्ध भत्ता तथा विद्यार्थीलाई आइतबार पुरस्कार वितरण गरेको हो । संस्थाका अध्यक्ष जंगबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ९ नम्वर वडाध्यक्ष सुकराम केसीको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण गरेको हो । कार्यक्रमा सिताराम पराजुली, नारायणमान सिं डंगोल, अमर सिं विसेन, पुष्पराज दाहाल, श्री प्रसाद सुवेदी र रामकृष्ण अर्याल, राजकुमारी सुवेदी, शारदा कार्कीलाई जनही ६ हजार रुपैयाँले वृद्ध भत्ता प्रदान गरिएको थियो ।

यसैगरी असल बचतकर्तामा धनबहादुर चापागाई, असल मासिक बचतकर्ता मंजुकुमारी सुवेदी, असल ऋणी अम्बिका अधिकारी, खुत्रुके बचतकर्ता लिनिसा अधिकारी, उत्कृष्ट बचत समुह मेलमिलाप बचतकोषलाई पुरस्कार प्रदान गरेको थियो । एसइई परिक्षामा उत्कृष्ट अंक हासिल गर्ने स्मृति सुवेदी, सफल अधिकारी, सक्षम बोलखे र त्रिभुवन विश्वविद्यालय विविए परिक्षाको सातौँ सेमेष्टरमा नेपाल प्रथम हुन सफल भएकी सृष्टि महर्जनलाई जनही १ हजार रुपैयाँ पुरस्कृत गरिएको थियो ।
ध्रुव स्मृति कोषबाट हरेक वर्ष प्रदान गर्ने छात्रवृत्ति यस वर्ष प्रगति उच्च मावि कक्षा १२ मा अध्ययनरत शर्मिला पहाडि र साहिसा गुरुङलाई नगद ५ हजार रुपैयाँ प्रदान गरेको छ । सहकारीकै सञ्चालक इन्दिरा कुमारी काफ्लेले बैठक भत्ताबाट प्राप्त भएको रकम प्रगति माविमा अध्ययनरत कक्षा २ की श्रृष्टि भण्डारी, कक्षा ९ की सदिक्षा पुडासैनी र कक्षा १० की सुविक्षा संजेललाई जनही ४ हजार रुपैयाँ प्रदान गरेकी थिइन् ।
सहकारीको २८ औँ वार्षिकोत्सवमा सञ्चारकर्मी सुजन ढकाललाई सम्मान गरेको छ । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ९ नम्वर वडा अध्यक्ष सुकराम केसीले नौँ नम्वर वडालाई नमुना वडाको रुपमा विकास गर्ने बताए । कार्यक्रममा सहकारी बैंक हेटौंडा शाखाका प्रमुख रामेश्वर अर्याल, मकवानपुर बहुउद्देश्यीय सहकारी सघकी सचिव प्रतिमा श्रेष्ठ, प्रगति माध्यमिक विद्यालयका प्रधानाध्यापक निरन्जन ढकाल, मकवानपुर जिल्ला सहकारी संघका गोविन्द दहाल, शिवम् सिमेन्टका विक्रम खतिवडालगायतको आतिथ्यता रहेको थियो ।







