हेटौंडा, मारवाडी युवा मन्च हेटौंडाको आयोजना एकदिने प्रभावकारी भाषणकला तालिम कार्यक्रम सम्पन्न भएको छ ।
मारवाडी युवा मन्च हेटौंडाका अध्यक्ष एवम् नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका क्षेत्रीय घ सभापति चिराग अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जेसिज २०२१ का कार्यकारिणी उपाध्यक्ष शिवप्रसाद भुषालको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा मारवाडी एशोसिएसन मकवानपुरका सल्लाहकार एवम् मकवानपुर उद्योग वाणिज्य संघ का वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, मारवाडी युवा मन्च हेटौंडाका पूर्व अध्यक्ष अजय अग्रवाल र राजेश अग्रवाललगायतको आतिथ्यता रहेको थियो ।







