जेनिथ विद्यालयको विद्यालय गीत सार्वजनिक

हेटौंडा, हेटौंडा–५ मा रहेको जेनिथ इन्टरनेशन माध्यमिक विद्यालयले सरस्वती पूजाको दिनमा विद्यालय गीत सार्वजनिक गरेको छ। विद्यालयको म्युजिक शिक्षक आकाश खड्काको शब्द संयोजन रहेको छ भने म्युजिक शिक्षक आकाश खड्का, रबिन मानन्धर र विद्यार्थीहरूको सहयोगमा गीत तयार पारिएको हो । विद्यालयले जेनिथ सेकेण्डरी स्कूलको फेशबुकमा गीत सार्वजनिक गरेको छ ।

ADVERTISEMENT

विद्यालय गीतले जीवनोपयोगी, व्यावहारिक र शिक्षण प्रणालीतर्फ उन्मुख हुन प्रेरित गर्ने भाव बोकेको विद्यालयको प्रिन्सिपल श्रीबहादुर कार्कीले बताए । विद्यालयको हरेक औपचारिक कार्यक्रममा विद्यालय गीत गाउने परम्परा स्थापित गर्ने योजना बनाएको विद्यालयको विद्यालयका प्रशासन अधिकृत सुमन्त सिलवालले जानकारी दिए । यसैगरी श्रीपञ्चमीको अवसरमा आयोजित अक्षरारम्भ कार्यक्रममा ५१ जनाले भर्ना गरेका छन् ।

प्ले ग्रुप देखी माध्यामिक तह र उच्च माध्यामिक तह सम्म अध्ययन हुने जेनिथ माध्यामिक विद्यालयमा हेटौंडा उपमहानगरपालिका, मकवानपुरगढी गाउँपलिका, भीमफेदी गाउँपालिकाका क्षेत्रका विद्यार्थीहरु अध्ययन गर्दै आइरहेका छन् । विद्यालयका अध्यक्ष रमिता पाण्डेको अध्यक्षतामा सुरु भएको अक्षराम्भ कार्यक्रममा विद्यालयका प्रिन्सिपल श्रीबहादुर कार्की, संगीत शिक्षक आकाश खड्का, प्रशासन अधिकृत सुमन्त सिलवाल लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya