तेस्रो नागस्वती भेट्रान्स कपको तयारी पूरा

हेटौडा, नागस्वती भेट्रान्स क्लब, हेटौडा–७, नागस्वती, मकवानपुरको आयोजनामा वार्षिक रुपमा आयोजना हुँदै आएको नागस्वती भेट्रान्स कप एट ए साईड राष्ट्रिय फुटबल प्रतियोगिताको तेस्रो संस्करण यही मंसिर ४ गतेदेखि शुरु हुने भएको छ ।

ADVERTISEMENT

प्रतियोगिताको तयारी पनि पूरा भएको आयोजकले जानकारी दियो । साथै खेलतालिका पनि सार्वजनिक गरिएको छ । उद्घाटन खेलमा मंसिर ४ गते मंगलबारका दिन आयोजक नागस्वती भेट्रान्स, हेटौडा र नव जनजागृति भेट्रान्स, सिमराबीच हुने खेलतालिकामा उल्लेख छ । कुल १५ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल मंसिर ८ गतेका दिन हुनेछ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख १ हजार हात पार्नेछ भने उपविजेताले १ लाख १ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजार हात पार्नेछ भने अन्य विधागततर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya