प्रदेश कृषि मन्त्री श्रेष्ठको एकवर्षे उपलब्धी सार्वजनिक

हेटौंडा, बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठले एकवर्षे उपलब्धीहरु सार्वजनिक गरेका छन् । गत २०८० जेठ ६ गते मन्त्री पद सम्हालेका श्रेष्ठले मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री डा. श्रेष्ठले १५ वटा नीतिगत उपलब्धीहरु र ११ वटा कार्यक्रमगत उपलब्धीहरु सार्वजनिक गरेका हुन् ।

ADVERTISEMENT

मन्त्रालयको आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम तयार गरी वार्षिक बजेट निर्माण गरेको, ‘एक प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र, एक प्राङ्गारिक मल कारखाना स्थापना’ का लागि चालु आर्थिक वर्षमा बजेट र कार्यक्रम समावेश गरेको, प्रदेशको दोस्रो आवद्यिक योजनाको मस्यौदा तयार भई अन्तिम चरणमा रहेकोमा कृषि मन्त्रालयको तर्फबाट समावेश गर्नका लागि मुख्य १० वटा बुँदा प्रदान गरिएको र कृषि क्षेत्रको विकासका लागि लक्ष्य, उद्देश्य, रणनीति, कार्यनीतिलाई किसान केन्द्रीत गरिएकोले उपलब्धी भनिएको छ ।

दुध बिक्रीमा आएको समस्या समाधान एवम् गुणस्तरिय दुध उत्पादन र प्रोत्साहन अनुदानका विषयमा विभिन्न चरणमा विषय विज्ञहरु एवं सरोकारवालाहरुको सहभागितामा छलफल तथा अन्तरक्रिया गरिएको, प्रदेशको कृषि विकासको वर्तमान अवस्था र गर्न सकिने प्रयासका सन्दर्भमा कृषि सम्बद्ध विज्ञ र सरोकारवालाको सहभागितामा छलफल गरेको, धादिङ लगायत जिल्लाहरुका बाँदर पीडित कृषकहरुसँग छलफल साथै क्षति नियन्त्रणका लागि विज्ञहरुसँग छलफल गरेको, प्रदेशमा रासायनिक मलको माग बमोजिम उपलव्ध गराउनका लागि संघिय कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग समन्वय गरेको विषयलाई मन्त्रीको उपलब्धी भनिएको छ ।

लम्पी स्किन नियन्त्रण तथा रोकथामको लागि १ हप्ते अभियान चलाएको, प्रदेश सरकारले नेपालमै पहिलो पटक कृषि, पशुपन्छी तथा मत्स्य क्षेत्रमा प्रतिकुल असर पार्ने प्राकृतिक र गैरप्राकृतिक विपदवाट प्रभावित किसानलाई १ करोड ९१ लाख ७६ हजार १६० रुपैयाँ कृषकको खातामा पठाएको, ११ लाख ४२ हजार ३२७ भेडा बाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाएको, ८ जिल्लाका १० स्थानमा निर्माणाधीन शीत भण्डारहरुको निर्माण कार्य ८६ प्रतिशत सम्पन्न भएको प्रतिवेदनमा उल्लेख रहेको छ । मन्त्री श्रेष्ठले उपलब्धी सार्वजनिक पश्चात सञ्चारकर्मीहरुको जिज्ञासाहरुलाई समेत सम्बोधन गरेका थिए । पत्रकार सम्मेलनमा मन्त्रीका सल्लाहकार डा. नारायणबहादुर श्रेष्ठ, मन्त्रालयका सचिव विनोदकुमार भट्टराई, महाशाखा प्रमुखहरु भरतप्रसाद विडारी र सुजन कंडेल लगायत मन्त्रालयका विभिन्न शाखाका प्रमुखहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya