कक्षा १२ को परीक्षामा नेपाली विषयमा ए प्लस ल्याउने विद्यार्थी र शिक्षक सम्मानित

हेटौंडा, मकवानपुर जिल्लाका विभिन्न विद्यालयबाट कक्षा १२ को बोर्ड परीक्षामा नेपाली विषयमा ए प्सल ल्याउने विद्यार्थी र शिक्षक आइतबार हेटौँडामा सम्मानित भएका छन् ।

ADVERTISEMENT

नेपाली भाषाशिक्षक समिति मकवानपरले विद्यार्थी र शिक्षकलाई सम्मान गरेको हो । नेपाली विषयमा एप्लस ल्याउने ९५ जना विद्यार्थी र शत प्रतिशत उत्तीर्ण गाउने र एप्लस ल्याउन सहयोग गर्ने ३४ जना शिक्षकलाई सम्मान गरेको नेपाली भाषाशिक्षक समिति मकवानपुरले जानकारी दिएको छ । नेपाली विषयमा धेरै सङ्ख्यमा विद्यार्थी उत्तीर्ण भए पनि उत्कृष्ट जिपी ल्याउन नसक्ने अवस्थामा यसप्रति विद्यार्थीहरूको रुचि जगाउन र उत्कृष्ट जिपीए ल्याउन हौसला दिनका लागि यस्ता सम्मानका कार्यक्रम आयोजना गरिएको समितिका अध्यक्ष ज्योति न्यौपानेले बताउनुभयो ।


भाषासमितिका अध्यक्ष ज्योति न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सामाजिक विषय शिक्षक समितिका अध्यक्ष भोगेन्द्र लुइँटेल, विज्ञान शिक्षक समितिका अध्यक्ष भरत पोखरेल, सल्लाहकाहरू हयग्रीव आचार्य, रमेशमोहन अधिकारी, माधव खतिवडा, शिक्षक संगठनका सचिव गोपीरमण प्याकु¥याल, अखिल नेपाल एकीकृत शिक्षक संगठनका अध्यक्ष वसन्त राई प्रसिद्धि बुक हाउसका सञ्चालक कृष्णदेव भण्डारी लगायतकोे आतिथ्यता रहेको थियो । कार्यक्रमका लागि इप्लानेटले मुख्य प्रायोजन र प्रसिद्धि बुक हाउसले सहप्रायोजन गेको थियो ।
नेपाली भाषाशिक्षक समितिले यसअघि एसइईमा नेपाली विषयमा एप्लस ल्याउने विद्यार्थी र शक्षक सम्मान गरेको थियो भने अक्षयकोष स्थपनार्थ कवि पुरुषोत्तम आचार्यको एकल कविता वाचन कार्यक्रमको आयोजना गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya