हेटौंडा, थाहा नगरपालिका स्तरीय अन्तर वडा मेयर कप फुटबल प्रतियोगिता मङ्गलबारबाट सुरु भएको छ । आज भएको उद्घाटन खेलमा वडा न ८ ले बिजयी सुरुवात गरेको छ। आज भएको उद्घाटन खेलमा वडा न ९ लाई ट्राइबेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै वडा नम्वर ८ बिजयी भएको हो।

निर्धारित समयमा ३–३ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। प्रतियोगितामा वडा न ८ का प्रदिप थिङ म्यान अफ द म्याच घोषित भए। त्यस्तै आजै भएको दोस्रो खेलमा वडा न ४ ले वडा न ११ लाई ३(० गोलले पराजित गरेको छ। प्रतियोगितामा वडा न ४ का साहिल लामाले २ गोल र सुकु लामाले १ गोल गरे । प्रतियोगिताको म्यान अफ द म्याच ४ न वडाका साहिल लामा घोषित भए। थाहा नगरपालिकाको ११ वटा वडाको सहभागिता रहेको प्रतियोगितामा वडा न ५ ले भने सहभागिता नजनाएको थाहा नगर युवा तथा खेलकुद शाखाले जनाएको छ।
नक आउटको माध्यम बाट खेलाइने खेलमा बिजयी हुने टिमले नगद ५० हजार र द्वितीय हुनेले नगद ३० हजार सहित शिल्ड, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने व्यवस्थापक ऋषेश्वर-११ का अध्यक्ष दिपक कार्कीले जानकारी दिए। थाहा नगरपालिकाको आयोजना तथा ऋषेश्वर-११ फुटबल क्लवको व्यवस्थापनमा माघ २२ गते नगरको इन्द्रायणी चौरमा सम्पन्न प्रतियोगिताको उद्घाटन थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु बिष्टले उद्घाटन गरेका थिए। थाहा नगर खेलकुद विकास समिती सदस्य यादव जंग रायमाझीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा नगर उपप्रमुख भरत गोपालीको विशिष्ट आतिथ्यता रहेको थियो। थाहा नगरपालिका शिक्षा,युवा तथा खेलकुद विकास शाखा प्रमुख माधव बिक्रम मल्लले स्वागत गर्नुभएको समारोहमा वडा न १ का वडा कार्यवाहक अध्यक्ष सरोज प्रधान, ३ का हिरेन्द्र रायमाझी, ४ का नारायण लामा, वडा न ११ का दिनेश बल, वडा न १२ का कार्यवाहक वडा अध्यक्ष युवराज जिम्बा, सामाजिक बिकास शाखा प्रमुख अनिल लामिछाने लगायतका उपस्थिति रहेको थियो ।







