बाली क्षति भएका मनहरी ३ कृषकलाई राहत रकम

हेटौंडा, मनहरी गाउँपालिका वडा नं ३ का बाली क्षती भएका २१ कृषकहरुले राहत प्राप्त गरेका छन् । मंगलबार वडा कार्यालयले एक कार्यक्रमको आयोजना गरी बाली क्षती भएका २१ जना कृषकहरुलाई राहत वितरण गरेको हो । चालु आ.व २०८०/०८१ मा वडाको सिलिङ वजेटमा नै बाली क्षती भएका कृषकहरुका लागि राहतको व्यवस्था गरीएको वडाअध्यक्ष अनन्तप्रकाश अर्यालले जानकारी दिए ।

तरकारी पकेट क्षेत्रका लागि नेपालमै प्रसीद्ध हाँडिखोलाका कृषकहरुले चैत वैशाखमा लगाएको तरकारी विपद्का कारण क्षती हुने गरेको छ । कृषकहरुले दुःख गरेर लगाएको बालीनाली विपद्का कारण क्षती हुने भएकाले उनीहरुको मिहिनेतलाई थोरै भएपनि राहत मिलोस् भन्ने उद्देश्यले राहत वितरण गरीएको वडाअध्यक्ष अर्यालले बताए । कृषकहरुलाई जनहि १०र१० हजारका दरले राहत वितरण गरीएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button