थाहा गोल्डकप प्रतियोगिता : भीमफेदी र कुर्दनको विजयी शुरुवात

हेटौंडा, थाहा नगरपालिकामा शुरु भएको पाचौँ थाहा गोल्डकप फुटबल प्रतियोगितामा भीमफेदी एफसी र कुर्दन एकेडेमी विजयी भएको छ ।

ADVERTISEMENT

शनिबार भएको पहिलो खेलमा बागेश्वरी युवा क्लबलाई १–० को गोल अन्तरले पराजित गर्दै भीमफेदी विजयी भएको हो । शनिबार भएको दोस्रो खेलमा कुर्दन एकेडेमी विजयी भएको छ । कुर्दन र हिमाली डाफे एफसीविरुद्धको खेलमा दुवै टिमले निर्धारित समयमा गोलरहित भएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा ९–८ को गोल अन्तरले हिमालीलाई पराजित गर्दै कुर्दनले विजयी शुरुवात गरेको हो ।

प्रतियोगिता अन्तर्गत जेठ १३ गते आइतबार बिहान ९ बजे बिनयबाबु स्मृती बिरुद्ध सकृय युवा क्लब बिच हुने थाहा नगर खेलकुद बिकास समितिका सदस्य यादवजंग रायमाझीले जानकारी दिए । थाहा नगरपालिकाको खेल मैदान इन्द्रायणी चौरमा सञ्चालन हुने प्रतियोगितामा नौँ वटा टिमले सहभागिता जनाएका छन् । ५ दिन सम्म चल्ने प्रतियोगिताको बिजेताले पुरस्कार नगद २ लाख र उपबिजेताले नगद १ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya