हेटौंडामा चैत ८ गतेबाट आधारभूत तह (कक्षा–८) परीक्षा सञ्चालन हुने

हेटौंडा, हेटौंडा उपमहानगरपालिका भित्रका विद्यालयहरुमा आधारभूत तह (कक्षा–८) को अन्तिम परीक्षा चैत ८ गतेबाट शुरु हुने भएको छ ।

हेटौंडा उपमहानगरपालिकाले माघ ८ गते एक सूचना जारी गर्दै कक्षा ८ को परीक्षा चैत ८ गतेबाट सञ्चालन गरिने जानकारी दिएको हो । जारी गरेको सूचना अनुसार चैत ८ गते विज्ञान तथा प्रविधि, चैत ९ गते अङ्ग्रेजी, चैत १० गते नेपाली, चैत ११ गते सामाजिक अध्ययन तथा मान्व मूल्य शिक्षा, चैत १२ गते स्वास्थ्य शारीरिक तथा र्सिजनात्मक कला, चैत १५ गते गणित र चैत १६ गते हाम्रो हेटौँडाको परीक्षा सञ्चालन हुने छ ।

दिउँसो १ः३० बजेबाट शुरु हुने परिक्षाको सम्बन्धित विद्यालयनै परीक्षा केन्द्र तोकेको सूचनामा उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *