हेटौंडा, मकवानपुर जिल्ला सहकारी संघको सञ्चालक समितिको अध्यक्षमा पुनः नारायणप्रसाद देवकोटा चयन भएका छन् । शनिबार भएको संघको २० औँ साधारणसभा तथा अधिवेशनबाट देवकोटाको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्माण भएको हो । समितिको उपाध्यक्षमा मेनुका दाहाल घिमिरे, सचिवमा दिनेश उपाध्याय, कोषाध्यक्षमा विमलकुमार ढकाल, सहसचिवमा भोगेन्द्र लुईटेल चयन भएका छन् ।

यसैगरी सदस्यमा अर्जुनप्रसाद वाग्ले, सिताराम दाहाल, हेमप्रसाद न्यौपाने, हरीप्रसाद पौडेल, बिमला कार्की, शर्मिला डंगोल, श्रमिक लामा चयन भएका छन् । यसैगरी लेखा समितिको संयोजकमा खेमराज सापकोटा चयन भएका छन् भने सदस्यमा ज्ञानेन्द्र ढुङ्गाना र लक्ष्मणप्रसाद सुवेदी चयन भएका छन् । संघका अध्यक्ष नारायण प्रसाद देवकोटाको सभाध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानको प्रमुख आतिथ्यता रहेको थियो ।

१९९ संस्था शेयर सदस्य रहेको संघमा १० लाख ६ हजार शेयर पुजीँ रहेको छ । संघले सहकारी बजार विकास कार्यक्रम अन्तरगत विभिन्न गतिविधि गर्दै आइरहेको छ । सभामा संघको बढी शेयर खरिद गर्ने जिल्ला बचत तथा ह्ण सहकारी संघ र हेटौंडा ११ मा रहेको बागेश्वरी महिला साकोसलाई सम्मान गरेको थियो ।
सभामा संघका पूर्व अध्यक्ष बद्री प्रसाद लम्साल, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सदस्य विदुर हुमागाई, जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव वीरेन्द्र प्रसाद ढुङ्गाना, जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरि प्रसाद कंडेल, जिल्ला कृषि सहकारी संघका अध्यक्ष महेश्वर सुवेदी, मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघका कार्यबहाक अध्यक्ष शर्मिला डंगोल, राष्ट्रिय सहकारी बैंक हेटौंडाका प्रमुख रामेश्वर अर्याल लगायतको आतिथ्यता रहेको थियो ।







