फागुन ३ गते हेटौंडा आईडल गायन प्रतियोगिताको अडिसन हुने

हेटौंडा, आगामी फागुन ३ गते हेटौंडा आईडल गायन प्रतियोगिताको अडिसन हुने भएको छ । निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा दोस्रो राष्ट्रिय निर्माण तथा ब्यापार महोत्सव–२०८१ मा हेटौंडा आईडल गायन प्रतियोगिता हुन लागेको हो ।

ADVERTISEMENT

फागुन ३ गते निर्माण व्यवसायी संघ मकवानपुरको भवनमा हेटौंडा आइडल गायन प्रतियोगिताको अडिसन हुने प्रतियोगिता संयोजक दिपेश श्रेष्ठले जानकारी दिए । हेटौंडा आइडल गायन प्रतियोगितामा सहभागीको लागि फागुन २ गतेसम्म एकसयको फारम र एकप्रति फोटोसहित कार्यालयमा बुझाउनु हुन संघले सूचना जारी गरेको छ ।

अडिसनमा छनौट भएकाले फागुन ६ गतेदेखि १८ गतेसम्म आयोजना हुने दोस्रो राष्ट्रिय निर्माण तथा ब्यापार महोत्सवमा प्रस्तुतिमार्फत निर्णायक र भोटिङको आधारमा आइडल घोषणा गरिने छ । प्रतियोगितामा गायक कृष्णगोपाल सिंह, सुनिता बिर्लाकोटी र किशोर खड्काले निर्णायकको भूमिका निर्वाह गर्ने संयोजक श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा विजयी हुनेलाई पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

हेटौंडा–१० स्थित टिसिएन चौरमा हुने दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सवमा निर्माण उपकरण तथा सामग्रीहरुको प्रदर्शनी एवम् बिक्री, बहुराष्ट्रिय कम्पनीहरुको उत्पादनको प्रदर्शनी एवम् बिक्री, सूचना प्रविधि प्रदर्शनी, कृषि उत्पादनको प्रदर्शनी तथा कृषि प्रतियोगिता, दैनिक राष्ट्रिय/स्थानीय कलाकारहरुको प्रश्तुती , शैक्षिक, घरजग्गा, अटो तथा खाना महोत्वस, मनोरञ्जनात्मक बाल उद्यान, नविनतम उपकरणहरुको प्रदर्शनी, नयां/नौलो प्रबिधिको प्रदर्शनी हुनेछ ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *