तिमी र म

किन चाहियो र हामीलाई ठूलो घर
बसौलानी सँगै गाउँनै किन जाने र सहर

ADVERTISEMENT

तिमी र म भएसी नि एकदिन  ठुलो घर
तिमी सूर्य र म किरणबनि बनाउन सारा सहर

जिन्दगीमा मलाई धेरै कुरा गर्नु छ
तिमी चुलोमा बसी खाना पकाउँदा
मलाई छेउमै बसि हेर्ने ठुलो रहर छ

तिमी हाँस्दा सारा संसार जिते झैँ हुन्छ
तिमी दुःखी हुँदा साह्रै दुःख लाग्छ मरम झैँ हुन्छ ।

तिमी र म जिउने आधार हाँै हामी
जिउने आधार मात्रै हैन एकअर्काको साथी पनि हौँ हामी

Advertisement 5

तिमी भएपछि मलाई के चाहिँ र अरु
तिमी मलाई छोडी जानुभन्दा अगाडि
मै मरीदिन्छु नि बरु ।
नाम : युनिका गौतम
कक्षा : ९
बालजागृति इङ्लिस सेकेण्डरी विद्यालय

Leave a Reply

Your email address will not be published. Required fields are marked *