पार्टी र कार्यकर्ता विचारबाट चल्नु पर्छः सहमहामन्त्री उपाध्याय

हेटौंडा, नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले पार्टी र कार्यकर्ता विचारबाट चल्नुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिले हेटौँडा १६ स्थित चिसापानीमा आइतबार आयोजना गरेको एक दिने नगरस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले कांग्रेसबाट मात्र समृद्धि सम्भव भएको बताउनुभयो ।

ADVERTISEMENT

उहाँले पार्टीलाई चलायमान र गतिशील बनाउन पार्टीका पदाधिकारीहरु उत्तरदायी र जिम्मेवार बन्नुपर्ने भन्दै पार्टी र कार्यकर्ताहरुलाई नागरिकको विकास र जनजीविका सँगजोड्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । आफू माथि भएको अन्यायका विरुद्धमा सार्वजनिक रुपमा भन्दा पार्टीको आन्तरिक फोरममा आवाज उठाउनु पर्छ उहाँले भन्नुभयो कुनै नेता र व्यक्तिलाई भन्दा कांग्रेस बलियो बनाउने तर्फ हामी लाग्नु पर्छ । उहाँले विधान भन्दा बाहिर गएर पार्टी चलाउनु भनेको स्वार्थले चलाउनु हो भन्दै लोकतन्त्र र देशको विकासको लागि स्थापना भएको कांग्रेसको विचार नमर्ने बताउनुभयो ।

कांग्रेस केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख मीन विश्वकर्माले समसामयिक राजनीतिक बारेमा कार्यकर्ताहरुलाई प्रशिक्षण दिँदै पार्टीका कार्यकर्ता र नेताले आफूलाई भन्दा पार्टीलाई केन्द्रमा राखेर संगठन निर्माण गर्नुपर्ने बताउनुभयो । पार्टीको संगठन, कार्यकर्ता र नेताको आचरण, विचार र सिद्धान्त लगायतका बारेमा प्रशिक्षण दिनुभएका विश्वकर्माले कार्यकर्ताहरुलाई निराशा छाडेर कांग्रेसको नेतृत्वमा समृद्धि सम्भव छ भन्ने भावनाका साथ काम गर्न आग्रह गर्नुभयो । कांग्रेस हेटौँडा उपमहानगर समितिका उपसभापति एवं प्रशिक्षण विभाग प्रमुख रामकृष्ण कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस मकवानपुरका उपसभापति आनन्द कठायत, कांग्रेस नेता आनन्दराम पराजुली, प्रतिनिति सभा क्षेत्र नं। १ का संघीय सभापति दामोदर खनाल र कांग्रेस हेटौँडा उपमहानगर समितिका सभापति उत्सव इटेनीले कांग्रेस कार्यकर्ताले पार्टी संगठनमा निर्वाह गर्नुपर्ने भूमिका बारेमा बोल्नुभएको थियो । प्रशिक्षण कार्यक्रममा कांग्रेसको हेटौँडा उपमहानगर समितिका पदाधिकारी तथा सदस्य, १९ वटै वटाका सभापति तथा पदाधिकारी, भातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी तथा सदस्य, क्रियाशील सदस्यहरुलगायतको सहभागिता रहेको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya