मुख्यमन्त्री लामा युएई प्रस्थान

हेटौँडा, बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङ एक सम्मेलनमा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नुभएको छ। युनाइटेड अरब इमिरिटेस (युएई) को आयोजनामा दुबईमा हुने वल्र्ड गभर्मेन्ट समिट २०२५ मा सहभागी हुन मुख्यमन्त्री लामा मङ्गलबार त्यसतर्फ प्रस्थान गर्नुभएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ।

ADVERTISEMENT

मुख्यमन्त्रीका निजी सचिव संयोग बस्नेतले मुख्यमन्त्री लामा आगामी फागुन ३ गतेसम्म दुबईमा रहनु हुने र सम्मेलन अवधिमा प्यानल छलफलमा सहभागी हुने जानकारी दिए । मुख्यमन्त्री लामालाई बिदाई गर्न प्रदेश सरकारका मन्त्री प्रकाश श्रेष्ठ, किरण थापा, प्रेमभक्त महर्जन, मदुकुमार श्रेष्ठ र मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार विनोद शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो। मुख्यमन्त्री लामाका साथ मुख्यमन्त्रीमा प्रमुख स्वकीय सचिव छत्र लामा भ्रमणमा हुनुहुन्छ।

यसैबिच मुख्यमन्त्रीको अनुपस्थितिमा प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिइएको छ। बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री लामाको सिफारिसमा मन्त्री श्रेष्ठलाई बुधबारदेखि लागु हुने गरी मुख्यमन्त्री फर्की नआएसम्मका लागि कार्यवाहक मुख्यमन्त्री तोक्नुभएको प्रदेश प्रमुखको कार्यालयले मङ्गलबार विज्ञप्ति जारी गर्दै जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *