पालुङ बहुउद्देश्यीयले १२.५३ प्रतिशत लाभांश वितरण गर्ने


थाहा नगरपालिकामा रहेको पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं साधारणसभा बाट पारित भए संगै आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफा तथा शेयर प्रिमियमबाट सेयर धनीहरुलाई सेयर लाभांश दिने भएको छ । सहकारीले हाल कायम चुक्ता पुँजीको १२.५३ प्रतिशत बोनस शेयर लाभांश वितरण गर्ने निर्णय गरेको हो।

ADVERTISEMENT

हाल ठुला बैंक हरुले समेत वितरण गर्न नसकेको अवस्थामा पालुङ बहुउद्देश्यीयले ९ करोड ९४ लाख ५४ हजार ८ सय सेयरको जम्मा लाभांश १ करोड २४ लाख ६१ हजार ६ सय ८६ रुपैयाँ वितरण गरिएको संस्थाका सह व्यवस्थापक राम प्रसाद ढकालले जानकारी दिए।

नेप्सेका सूचिकृत भएका ८० कम्पनीले घोषणा गरेको नगद लाभांश मध्ये सिएसडि एण्ड किलिएरिङ लि।को १०० प्रतिशत, नेपाल दुरसञ्चारको ४० प्रतिशत,सोल्टी होटलको २५ प्रतिशत , नविल बैकको ११ प्रतिशत र महालक्ष्मी विकास बैकको ६.४ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya