भेट्रान्स कप विजेतालाई वडा कार्यालयको सम्मान

हेटौंडा , गत फागुन २७ गतेबाट चैत १ गतेसम्म भएको प्रथम मोहन श्रेष्ठ स्मृति वडा स्तरीय ८ ए साइड भेट्रान्स कप फुटबलको विजेता खेलाडीलाई हेटौंडा-७ नम्बर वडा कार्यालयले सम्मान गरेको छ। प्रथम मोहन श्रेष्ठ स्मृति ८ ‘ए’ साइड भेट्रान्स कप फुटबल प्रतियोगिताको विजेता ७ नम्बर वडाको टिमलाई सम्मान गरेको हो ।

ADVERTISEMENT

हेटौंडा-७ वडा कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच विजेता खेलाडीलाई सम्मान गरेको हो। हेटौंडा-७ का वडाअध्यक्ष दामोदर गौतमले खेलाडीलाई सम्मान पत्र प्रदान गरेका थिए।

सम्मान कार्यक्रममा ७ नम्बर वडा सदस्य सन्तुमाया पाख्रिन, राधिका विक,श्यामसुन्दर परियार,दिनेश थापामगर, भेट्रान्स प्रशिक्षक सोम बहादुर तितुङ,जिल्ला फुटबल संघ मकवानपुर सदस्य कृष्ण केसी ,वडा सचिव प्रशान्त श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो। प्रथम मोहन श्रेष्ठ स्मृति ८ ‘ए’ साइड भेट्रान्स कप फुटबल प्रतियोगितामा वडा नं ४ लाई टाइब्रेकरमा १–० गोलअन्तरले पराजित गर्दै ७ नम्बर वडाले उपाधि चुमेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya