प्रधानमन्त्री छनोट प्रतियोगितामा मकवानपुर ११ खेलाडी मिथिलेस गुप्ताको शतक प्रहार

हेटौंडा, प्रधानमन्त्री कप क्रिकेट छनोट प्रतियोगितामा मकवानपुर ११ का क्रिकेट खेलाडी मिथिलेस गुप्ताले शतक प्रहार गरेका छन् । बुधबार भएको मकवानपुरगढी क्रिकेट टिम विरुद्धको खेलमा गुप्ताले ६० बलको सामना गर्दै १४ चौका र १ छक्का प्रहार गर्दै नट आउट १०२ रन बनाए ।

ADVERTISEMENT

हेटौंडाको हुप्राचौरमा जारी प्रधानमन्त्री कप क्रिकेट छनोट प्रतियोगितामा शतक प्रहार गर्ने गुप्ता पहिलो खेलाडी हुन् । गुप्ताको शतक प्रहारसँगै मकवानपुर ११ ले २५ ओभरमा ६ विकेटको नोक्सानीमा २४४ रनको विशाल योगफल तयार पार्यो । मकवानपुर ११ का लागि अनुराग बर्तौलाले २९ रन, आयुष गुप्ताले २६ रन बनाए । २४५ रनको लक्ष्य पछ्याएको मकवानपुरगढी क्रिकेट टिम २५ ओभरमा अल आउट हुँदै १३६ रनमै सिमित बन्यो । गढीको लागि विनम्र अधिकारीले २६ रन, रतेश अधिकारीले २३ रन बाहेक अरु खेलाडीले खासै रन बटुल्न सकेनन् ।

मकवानपुर ११ बाट रबिन कुमार शर्मा, श्रवण गौतम र ओम प्रकाश रामले समान २ विकेट हात पार्न सफल भए । प्रतियोगितामा पहिलो सतक प्रहार गरेका मिथिलेस खेलको म्यान अफ द म्याच घोषित भए । यसैगरी बुधबार भएको दोस्रो खेलमा न्यू मर्निङ युथ क्लव टिम विजयी भएको छ । कमाने क्रिकेट क्लवलाई डिएलए विधिबाट पराजित गर्दै न्यू मर्निङ युथ क्लवले दोस्रो खेलमा विजयी हासिल गरेको हो । पहिलो खेलमा न्यू मर्निङ युथ क्लव ओम नगर क्रिकेट क्लबसँग पराजित भएको थियो ।

ADVERTISEMENT

प्रतियोगिताको विजेता र उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने सर्वोकृष्ट खेलाडी, सर्वोकृष्ट व्याट्सम्यान, सर्वोकृष्ट बलरलाई पनि ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *