हेटौडाको हुप्राचौरमा खेलकुद महोत्सव उद्घाटन

हेटौडा, हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ को आयोजनामा जारी खेलकुद महोत्सव– २०८१ को शुक्रबार उद्धाटन भएको छ ।

ADVERTISEMENT

गत माघ ९ बाट सुरु भएको खेल महोत्सवलाई शुक्रबार हेटाडौं–४ स्थित हुप्राचौर बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठले उद्धाटन गरेका हुन् ।

कार्यक्रममा शुभकामना राख्दै प्रमुख अतिथि श्रेष्ठले विद्यालय तहबाटै विद्यार्थीहरुमा खेल भावनाको विकास गराउन सकेमा भावी दिनमा राष्ट्रिय खेलाडी उत्पादन गर्न सकिने बताए ।


ठुला भौतिक संरचना मात्रले विकासलाई पूर्णता दिन नसक्ने वडाका वडाअध्यक्ष नवीन सिग्देलले बताएका छन् । ‘ विकास भनेको भौतिक संरचना मात्रै होइन । शिक्षा र खेलकुदको माध्यमबाट विद्यार्थीको शारीरिक, बौद्धिक विकास गराउनु आजको आवश्यक्ता हो ।’ उनले भने ।

उद्धाटन पश्चात् वडा नम्बर–४ ले वृहत र्‍याली निकालेको छ । र्‍यालीमा वडाका सत्यम जेभिर्यस माध्यमिक विद्यालय, श्रमिक माध्यमिक विद्यालय, आधुनिक राष्ट्रिय मावि, रोज ऐकेडेमी इङ्गिलस स्कुल, र भुटनदेवी माविका विद्यार्थी शिक्षकहरुले सहभागिता जनाएका छन् ।

Advertisement 5

महोत्सवमा वडाका विद्यालयहरुले विभिन्न खेल व्यवस्थापन गरेका छन् । जसमा आधुनिक माविले भलिबल प्रतियोगिता, भुटनदेवी माविले क्रिकेट प्रतियोगिता, नवोदय शिशु सदनले बास्केटबल प्रतियोगिताको व्यवस्थापन गरेको छ । खेल व्यवस्थापन गर्ने विद्यालयहरुलाई वडाले सम्बन्धित खेल सामग्रीसमेत हस्तान्तरण गरेको छ ।

वडामा शुक्रबार सय मिटर दौड, २ सय मिटर दौड, रिले दौड, लङ जम्प लगायतका खेलहरु आयोजना हुने बताइएको छ ।

उद्घाटन कार्यक्रममा शैक्षिक गुणस्तर सुधार सिमति हेटौंडा–४ का अध्यक्ष श्रीराम दाहाल, वडा–५ का वडा अध्यक्ष शुशिल घिमिरे, वडा–१० का वडाअध्यक्ष फूर्वा दोर्जे लामा लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *