नागस्वती भेट्रान्स रनिङशिल्ड फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक

हेटौंडा, नागस्वती भेट्रान्स क्वलको आयोजनामा यही भदौ १८ गतेबाट २२ गतेसम्म हेटौंडा–७ मा आयोजना हुने नागस्वती भेट्रान्स रनिङशिल्ड फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

ADVERTISEMENT

आयोजकले एक कार्यक्रमकाबीच सार्वजनिक गरेको खेल तालिका अनुसार उद्घाटन खेल आयोजक नागस्वती भेट्रान्स ए र पशुपति भेट्रान्सबीच हुनेछ । १८ टिमको सहभागिता रहेको प्रतियोगिताको बिजेताले २ लाख एकहजार र उपविजेताले एकलाख एकहजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताको तयारी करिब अन्तिम चरणमा पुगेको आयोजक नागस्वती भेट्रान्सका अध्यक्ष सोमबहादुर तितुङले जानकारी दिए । उनका अनुसार यस प्रतियोगितामा ४० बर्ष पूरा भएका खेलाडीहरु मात्रै सहभागिता जनाउन पाउनेछन् ।

नागस्वती चौरमा प्रतियोगिता हुनेछ । पुराना खेलाडीहरुको बीचमा पुनर्मिलनसंगै भ्रातृत्वको सम्बन्ध स्थापना र फुटबल खेलको विकासका लागि यो प्रतियोगिता आयोजना गर्न लागेको क्लवका सचिव प्रदीप गौतमले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको लागि करिब साढे १३ लाख रुपैयाँ खर्च हुनेछ । मकवानपुरका स्थानीय तह तथा विभिन्न सहयोगी संघसंस्था र व्यक्तिबाट खर्चको व्यवस्थापन गरिने आयोजकले जानकारी दिएको छ ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *