हेटौडामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

हेटौंडा हेटौंडामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार साझ पुर्व-पश्चिम सडकखण्ड अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ थानाभर्याङ यातायात कार्यालय अगाडि सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

ADVERTISEMENT

प्रहरी नायब उपरीक्षक अर्यालका अनुसार, हेटौंडाबाट बजारबाट चितवनतर्फ जाँदै गरेको ना ४ ख २४९६ नं को ट्रकले विपरित दिशाबाट आउँदै गरेको ना १ ह ८३०८ नं को अटोलाई ठक्कर दिएको थियो । ट्रकले ठक्कर दिँदा अटोमा सवार तीन जना घाइते भएका थिए ।

घाइतेमध्ये मनहरी गाउँपालिका वडा नम्बर ६, खएरघारी बस्ने वर्ष ३५ कि पुजा बम्जनको उपचारको क्रममा मृत्यु भएको हो । उनको सीएमसी चुरेहिलमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।

उक्त दुर्घटनामा परेर अटो चालक मकवानपुरको हेटौंडा- १९, बासघारी बस्ने वर्ष २५ को राजु थिङ र अटोमा सवार सोही ठाउँ बस्ने वर्ष ११ को अमृत घिसिङ घाइते भएका छन् । उनीहरु दुबै जनाको सीएमसी चुरेहिलमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya