राजनैतिक मुद्दा माओबादीको एजेन्डा हो : पाख्रीन

हेटौंडा, मुलुकमा भएका परिवर्तन र अहिलेको राजनैतिक मुद्दा नेकपा माओबादी केन्द्रको एजेन्डा भएको नेकपा माओबादी केन्द्र जिल्ला समन्वय समिति मकवानपुरका संयोजक भीम पाख्रीनले बताएकाछन् ।

ADVERTISEMENT

पाख्रीनले हेटौडा उपमहानगरपालिका वडा नम्बर १६ को वडा सम्मेलनको क्रममा प्रमुख अतिथिको मन्तब्य राख्दै समावेशी, समानुपातिक प्रतिनिधित्व, धर्म निरपेक्षता सहितको गणतान्त्रिक संविधान निर्माण नेकपा माओबादीकै कारण सम्भब भएको बताए ।

युवापुस्ताहरुले निरंकुश राजतन्त्रको अन्त्यका लागि माओबादी अन्दोलनको भूमिका अध्ययन गर्नुपर्ने बताए ।

ADVERTISEMENT

उनले गणतन्त्र स्थापनापछि मुलुकमा निकै सकारात्मक परिवर्तन भएको पनि बताए ।

सोमबार सम्पन्न सम्मेलनले ठाकुर दत्त खतिवडाको अध्यक्षतामा १३ सदस्यीय वडा कमिटी चयन गरेको छ ।

ADVERTISEMENT

कमिटीको उपाध्यक्षमा गोपाल घिमिरे, सचिबमा राजनप्रसाद दाहाल, कोषाध्यक्षमा सबिता हुमागाई, सहसचिबमा बिजय ढकाल चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा दिपा पाख्रीन, शन्तबहादुर राई, रामलाल थिङ, चन्द्रबहादुर गोले लगायत चयन भएकाछन् ।

ADVERTISEMENT

सम्मेलनले टेकमान थिङ, गुणबहादुर कार्की, श्रीकृष्ण आचार्य, डिलबहादुर गोले, चन्द्रबहादुर खड्कालाई वडा कमिटीको सल्लाहकारमा चयन गरेको छ ।

सम्मेलनमा नेकपा माओबादी केन्द्र हेटौंडा उपमहानगर कमिटी अध्यक्ष तिर्थबहादुर थापा मगर, नेकपा माओबादी केन्द्र मकवानपुर सल्लाहकार राधेश्याम गजुरेल, १७ नम्बर वडा कमिटी अध्यक्ष रङनाथ अधिकारी, प्रेस सेन्टर नेपाल केन्द्रिय सदस्य एवम् मकवानपुर इन्चार्ज ध्रुबराज ढकाल, अखिल क्रान्तिकारी मकवानपुर कोषाध्यक्ष बुद्धराज अर्याल लगायतको आतिथ्यता रहेको थियो ।

वडा कमिटी अध्यक्ष टेकमान थिङको अध्यक्षतामा भएको सम्मेलनको संचालन वडा कमिटी इन्चार्ज राजन दाहालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya