हेटौंडा, निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा हुन लागिएको हेटौँडा आइडलको पहिलो अडिसनबाट १५ प्रतिस्पर्धी छनौट गरिएको छ ।
शनिबार हेटौँडामा भएको अडिसनमा ३५ प्रतियोगीले आफ्नो गायन प्रस्तुति दिएका थिए । जस मध्येबाट १५ जना छनौट गरिएको निर्णायक कृष्णगोपाल महर्जनले बताए । उनीहरुले ७ गते देखी स्टेज प्रस्तुती रहने समेत बताए । हेटौँडा आइडल २०८१ व्यवस्थापन उपसमितिका संयोजक टाकाराज थापाले हेटौँडा आइडलको ग्राण्ड फिनाली फागुन १७ गते हुने बताएका छन् ।
संघको आयोजनामा हेटौँडामा यही फागुन ६ गतेदेखि १८ गतेसम्म हेटौँडा १० स्थित टिसिएन चौरमा हुने दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१ हुँदै छ । सोही अवसरमा हेटौँडा आइडल आयोजना गरिएको संघका अध्यक्ष बालगोपाल कंडेलले बताए ।
अध्यक्ष कंडेलले हेटौँडा आईडललाई ५१ हजार, फष्ट रनरअपलाई २५ हजार र सेकेण्ड रनरअपलाई १५ हजार तथा दुई जना रनर अपलाई जनही पाँच हजार रुपियाँसहित पुरस्कृत गरिने बताए । आइडलको कृष्णगोपाल महर्जन, सुनिता बुर्लाकोटी र ईश्वर खड्का निर्णायक रहेका छन् ।







