एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउनेलाई सम्मान

हेटौंडा, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (क्रान्तिकारी)भीमफेदी गाउपालिका समितिले २०८० सालको एसईई. परीक्षामा भीमफेदी गाउपालिकाको विभिन्न विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई सम्मान गरेको छ । 

ADVERTISEMENT

शनिबार बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा सम्मान कार्यक्रम भएको हो । कार्यक्रममा बिद्यार्थीहरुलाई सम्मान गर्दै मन्त्री मोक्तानले बिद्यार्थीहरु भविष्यको कर्णधार भएकोले अध्ययनमा बिशेष ध्यान दिन आग्रह गरिन् । मन्त्री मोक्तानले समाजको सकारात्मक विकास गर्न बिद्यार्थीको महत्त्वपूर्ण भूमिका हुने बताईन् । ए कार्यक्रममा भीमफेदि गाउँपालिकाका बिभिन्न बिद्यालयबाट एसईई परीक्षामा सहभागी भई उत्कृष्ट नतिजा ल्याउने १६ जना बिद्यार्थीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला संयोजक भीम पाख्रिन, बागमती प्रदेश कमिटी सदस्य अप्सरा लोप्चन, जिल्ला समन्वय समिति  मकवानपुरका प्रमुख ललित घलान, अखिल (क्रान्तिकारी) मकवानपुर जिल्ला कमिटी अध्यक्ष बुद्धराज अर्याल, उपाध्यक्ष दिपक वाइवा, सचिव छोइसाङ लामा, सहसचिव सुजन सिलवाल, कोषाध्यक्ष अनिल बसेल,  वाईसिएल हेटौडा ५ अध्यक्ष हरि ढकाल, अखिल क्रान्तिकारी जिल्ला सदस्य विशाल जिम्बा, आयुष ठकुरी लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम अखिल क्रान्तिकारी भीमफेदि गाउँ कमिटी अध्यक्ष बिक्रम आले मगरको सभाध्यक्षमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *