फागुन १६ गते झरनाको बकैया–कला साहित्य महोत्सव

हेटौंडा, यही फागुन १६ र १७ गते मकवानपुरको बकैया गाउँपालिकामा बकैया–कला साहित्य महोत्सव–२०८१ हुने भएको छ। झरना साहित्यिक परिवार मकवानपुरको ३१३ औं साहित्य शृङ्खला एवम् ३२ औं वार्षिक उत्सवका अवसरमा बकैया-कला साहित्य महोत्सव-२०८१ हुन लागेको शनिबार झरना साहित्यिक परिवार मकवानपुरको सचिव मसान उपासकले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो ।

ADVERTISEMENT

यस वर्ष होमनाथ–टीकामाया प्रतिभा भैरहवाका प्रा. डा. कपिल प्रसाद लामिछानेलाई प्रदान गरिने भएको छ । पुरस्कारको राशि २१ हजार २ सय २१ रुपैयाँ रहेको छ । यो पुरस्कार साहित्यसेवी नुरप्रसाद गौतमले मातापिताको सम्मानमा स्थापना गरेका हुन् ।

नगद १५ हजार ५ सय ५५ राशिको शिव–सावित्री अधिकारी स्मृति मुक्तक सम्मान–२०८१ बाट इलामका मुक्तककार शिव अधिकारीलाई प्रदान गरिने भएको छ । साहित्यसेवी रमेशमोहन अधिकारीले मातापिताको स्मृतिमा स्थापना गरेका हुन् । चैतको चौँथो शनिबार हेटौँडामा आयोजना हुने मुक्तक साँझमा यो पुरस्कार प्रदान गरिनेछ ।

त्यस्तै जिल्लामा साहित्यिक संस्था स्थापना र जगेर्ना गर्न योगदान गरेबापत प्रदान गरिने नगद रू १५ हजार ५ सय ५५ राशिसहितको बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान–२०८१ साहित्यसेवी विनोद सुवेदीले मातापिताको नाममा स्थापित पुरस्कार मुक्तककार देवराज खरेललाई प्रदान गरिने छ।

साहित्यिमा योगदान गरेका युवा साहित्यकारलाई प्रदान गर्ने नगद रू ८ हजार ५ सय राशि सहितको खडानन्द–मनमाया प्रतिभा सम्मान–२०८१ साहित्यसेवीहरू अर्पण पराजुली र दर्पण पराजुलीले मातापिताको सम्मानमा स्थापित पुरस्कार बिर्खे अन्जानलाई प्रदान गरिने छ ।

Advertisement 5

मकवानपुरका महिला साहित्यकारलाई नगद रू ७ हजार ७ सय ७७ राशिसहितको सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मान–२०८१ साहित्यसेवी राजन दङ्गालले आफ्नी दिवङ्गत छोरीको स्मृतिमा स्थापना गरेको सम्मान गजलकार बबी थापालाई प्रदान गरिने छ।

मकवानपुरको साहित्यसेवी रहेवापत प्रदान गर्ने नगद रु ७ हजार ७ सय ७७ सहितको सञ्जीवनिबुटी साहित्य सम्मान–२०८१ साहित्यसेवी तुलसी गिरीद्वारा स्थापित पुरस्कार बाराका नियात्राकार अप्सरा पुडासैनीलाई प्रदान गरिने छ।

मकवानपुरमा रही यस संस्थाको प्रचारप्रसार गर्न पत्रकारिताका माध्यमबाट सहयोग गरेबापत पत्रकार प्रदान गरिने नगद रु ११ हजार १ सय ११ सहितको गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मान–२०८१ गोकर्ण गौतमको परिवारद्धारा स्थापना गरिएको पुरस्कार मकवानपुरका ज्योति न्यौपानेलाई प्रदान गरिने छ।

बकैयाका नवप्रतिभाको सम्मान गर्ने हेतुले स्थापित ५ हजार ५ सय ५५ रुपैयाँ राशीको झरना–बकैया नवप्रतिभा पुरस्कार–२०८१ बकैयाका चन्द्रकुमार राईले स्थापना गरेका पुरस्कार सन्तोष वि.क. लाई प्रदान गरिने छ ।

बकैयामा रहेका कलाका क्षेत्रमा योगदान गरेवापत प्रदान गर्न स्थापित नगद ७ हजार ७ सय ७७ सहित खिमबहादुर खत्री स्मृति कलाकारिता सम्मान–२०८१ बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले आफ्ना पिताको नाममा स्थापना गरेको पुरस्कार मुर्तिकार ओमभक्त भण्डारीलाई प्रदान गरिने छ।

छन्द कवितामा उल्लेख्य योगदान गरेवापत नगद रु ७ हजार ७ सय ७७ राशिसहित ऋषेश्वर–रुक्मिणी–लक्ष्मीदेवि खनाल साहित्य सम्मान–२०८१ जर्नादन खनालले आफ्ना मातापिताको नाममा स्थापना गरेको पुरस्कार ललितपुरका रत्न विरही घिमिरेलाई प्रदान गरिने छ। बकैया गाउँपालिकाभरीका विद्यालयमध्ये उत्कृष्ट शिक्षक–२०८१ बुद्ध माविका हरी घिमिरेलाई प्रदान गरिने छ।

फागुन १६-१७ गते बकैया-५ कर्मप्राप्ति माविमा हुने महोत्सवमा पुरस्कार समर्पण,चित्रकला प्रदर्शनी, पत्रिका विमोचन,विभिन्न जातजातिका नृत्यहरू, बकैयाको काव्य महक,समकालीन गजल मुक्तक उत्सव,पालिका अध्यक्षलाई १० प्रश्न, समकालीन काव्य उत्सव,सम्मानित स्रष्टाको रचना वाचन र नवसर्जक रचना वाचन हुने आयोजकले जानकारी दिएको छ । पत्रकार सम्मेलनमा अध्यक्ष विश्वनाथ सन्जेल, उपाध्यक्ष चिरञ्जीवी लामिछाने र सचिव मसान उपासकको उपस्थिति रहेको थियो। महोत्सवको प्रायोजक बकैया गाउँपालिका रहेको आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *