आठ सामुदायिक विद्यालयसहित ६६ विद्यार्थीलाई सम्मान

हेटौंडा– २०८० सालको एसइइ परिक्षामा उत्कृष्ठ नजिता सहित उत्तिर्ण हुने हेटौंडा उपमहानगरपालिकामा रहेका सामुदायिक विद्यालय तथा विद्यार्थीलाई सम्मान गरीएको छ ।

नगर स्तरीय शैक्षिक समन्वय समितिले शनिवार हेटौंडा उपमहानगरपालिकाको सभाहलमा आयोजना गरेको उपमहानगरपालिका भित्र सञ्चालित सामुदायिक विद्यालयहरु मध्य एसइइ २०८० मा उत्कृष्ट नतिजा ल्याउने ८ बिद्यालय सहित ६६ विद्यार्थीलाई सम्मान गरेको हो ।

नगरभित्र रहेका समुदायीक बिद्यालयमा अध्यापन गरी एसइइ परिक्षमा ३.६ जिपीए ल्याउने सिद्धार्य, आधुनिक, भुटनदेबी, प्रगती, महेन्द्र किरण, जनप्रीय, बंशगोपाल माध्यमिक बिद्यालयमा अध्यापन गर्ने बिद्यार्थीहरुलाई हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले सम्मानित गरेकी हुन् ।

विद्यालय र विद्यार्थीलाई सम्मानीत गर्दै नगर प्रमुख लामाले शिक्षा प्रणालिमा सुधार गर्न जरुरी रहेको बताइन् । उनले हामिले दिने शिक्षा कम्जोर होइन यसलाई सुधार्न जरुरी रहेको औल्याइन् । यहाँ पढेका बिद्यार्थी बैदेशीक रोजगारीमा जानका लागि अव्बल देखिएका छन् । उनीहरुले विभिन्न मुलुकमा जानमा लागि दिने परिक्षामा सफल बन्दै जाँदै गरेको अवस्था रहेको भन्दै उनले शैक्षिक गुणस्तरीयतामा सुधार गर्न जरुरी रहेको बताइन् ।

उनले भनिन् ‘यहाँबाट बाहिर जानमा लागि परिक्षा पास गर्ने विद्यार्थीले बाह्य मुलुमा गएर के काम गरीरहेका छन् भन्ने बिषय प्रमुख हो ।’ अब हामीले शिक्षामा सुधार गर्दै प्राबिधिक शिक्षमा जोड दिन जरुरी रहेको बताइन् । शैक्षिक सुधारका कार्यक्रम ल्याउनका लागि उपमहानगरपालिका तयार रहेको भन्दै शिक्षकहरुपनि त्यसमा हातेमालो गर्न तयार हुनुपर्ने बताइन् ।

नगर स्तरीय शैक्षिक समन्वय समितिका अध्यक्ष भोगेन्द्र लुइटेलको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ का अध्यक्ष एवम् समाजिक बिकास समितिका संयोजक रामकृष्ण कोईराला, नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरका अध्यक्ष श्रीराम दाहाल, नेपाल शिक्षक संघ मकवानपुरका अध्यक्ष गणेश हुमागाई, प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठनका मुकेश मिश्र, एकीकृत अखिल नेपाल शिक्षक संगठन मकवानपुरका अध्यक्ष बसन्त राई, प्रगति माध्यमिक बिद्यालयका प्रधानाध्यापक निरञ्जन ढकाल र अभिभाबक फुर्वा आलेमगर लगाएतकाले मन्तव्य व्यक्त गरेका थिए ।

समन्यव समितिले नगरमा रहेका समुदायीक बिद्यालयका शिक्षकहरुलाई शैक्षिक सुधारका तालिम सहित नगरमा सञ्चालन हुने आधारभुत तथा निम्न माध्यमिक तहको परिक्षका लागि प्रश्नपत्र तयार पार्ने गर्दछ । प्रश्नपत्र तयार बापत आधारभुत तहमा ३० रुपियाँ र निम्नमाध्यमिक तहमा ४५ रुपियाँ शुल्क लिने गरेको कार्यक्रममा जानकारी दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button