फागुन ८ गते बकैया कला साहित्य महोत्सव हुने

हेटौंडा, झरना साहित्य परिवारले फागुन ८ र ९ गते बकैया कला–साहित्य महोत्सव २०७९ तथा ३० औँ वार्षिकोत्सव मनाउने भएको छ । झरनाले सोमबार पत्रकार सम्मेलन गर्दै महोत्सव र वार्षिकोत्सव मनाउने बारे जानकारी दिएको हो । उक्त अवसरमा झरनाले उक संस्थासहित ११ जनालाई सम्मान वितरण गर्ने भएको छ । संस्थाका सचिव मसान उपासका अनुसार झरनाले विभिन्न विधामा योगदान पु¥याएबापत उनीहरुलाई सम्मान वितरण गर्न लागेको जानकारी दिए ।

ADVERTISEMENT

झरनाले साहित्यमा योगदान गरेबापत होमनाथ–टीकामाया प्रतिभा सम्मान–२०७९बाट डा जीवेन्द्र देव गिरीलाई नगद २१ हजार १ सय २१ रुपैयाँसहित पुरस्कृत गर्ने भएको हो भने मुक्तकमा योगदान गरेवापत शिव–सावित्री अधिकारी स्मृति मुक्तक सम्मान –२०७९बाट नगद १५ हजार ५५५ रुपैयाँसहित सरु भक्त पुरस्कृत गर्ने भएको हो । झरनाले सरु भक्तलाई आगामी चैत २५ गते एक समारोहकाबीच पुरस्कार समर्पण गर्ने जनाएको छ ।

त्यस्तै जिल्लामा साहित्यिक संस्था स्थापना र जगेर्ना गर्न योगदान गरेबापत बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान – २०७९ बाट १५ हजार ५५५ रुपैयाँसहित नवराज शर्मालाई पुरस्कृत गरिने भ्एको छ । साहित्यिमा योगदान गरेका युवा साहित्यकारलाई प्रदान गरिने नगद ७ हजार ७ सय ७७ राशिसहितको खडानन्द–मनमाया प्रतिभा सम्मान —२०७९ बाट अमला अधिकारीलाई पुरस्कृत गरिने भएको छ । झरनाले सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मान–२०७९ बाट अनिता न्यौपानेलाई पुरस्कृत गर्ने भएको छ ।

ADVERTISEMENT

उक्त पुरस्कारको राशि ७ हजार ७७७ रुपैयाँ रहेको छ । यसैगरी सञ्जीवनी बुटी साहित्य सेवा सम्मान— २०७९ बाट नगद ७ हजार ७७७ सहित कृष्णप्रसाद चौँलागाई, पत्रकारिताका माध्यमबाट सहयोग गरेवापत गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मान –२०७९बाट नगद ११ हजरा १११ रुपैयाँ सहित भानुभक्त आचार्य, खिम बहादुर खत्री स्मृति कलाकारिता सम्मान –२०७९ बाट नगद ७ हजार ७७७ रुपौयाँ सहित ऋषि केबी र झरना–बकैया नवप्रतिभा पुरस्कार—२०७९ बाट नगद ५ हजार ५ रुपैयाँ राशीसहित कवि स्वस्तिका दाहाल सम्मानित हुनेभएका छन् । झरनाले बकैया गाउँपालिकाभित्र रहेका बिद्यालयहरुमा भएको साहित्यिक गतिबिधिको आधारमा झरना–महेन्द्र वाल साहित्य समितिलाई सम्मानपत्र र बकैया गाउँपालिकाभित्र रहेका बिद्यालयहरुमा भएको साहित्यिक गतिबिधिको आधारमा प्रभात माविका शिक्षक कुमार स्याङ्वोलाई पुरस्कृत गर्ने सचिव उपासकले जानकारी दिए ।

झरनाले फागुन ८ गते रचना वाचन, चित्रकला प्रतियोगिता, बकैया बिशेष रचना वाचन कार्यक्रम गर्ने भएको छ भने दोश्रो दिन फागुन ९ गते नवपुस्ता केन्द्रित रचना वाचन कार्यक्रम, चेतनाको विकासमा स्थानीय तहको भूमिका बिषयक बहस, खुल्ला कविता वाचन, गजल मुक्तक वाचन/गायन तथा सम्मानित स्रष्टाको मन्तव्य र रचना वाचन कार्यक्रम तय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *