थाहानगर स्तरीय ब्याडमिन्टन प्रतियोगितामा १३ टिम, विजेतालाई नगद १० हजार रुपैयाँ

हेटौंडा, पालुङ जेसीजको आयोजनामा थाहा नगरपालिकामा पहिलो पटक थाहानगर स्तरीय जेसीज कप ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । यही भाद्र १३ गतेबाट थाहा नगरपालिकामा आयोजना हुने थाहानगर स्तरीय जेसीज कप डबल ब्याडमिन्टन प्रतियोगितामा १३ टिमले सहभागिता जनाएको पालुङ जेसीजका अध्यक्ष निरज रायमाझीले जानकारी दिए ।।

ADVERTISEMENT

थाहा नगरपालिका वडा नम्वर ४ मा रहेको थाहा ब्याडमिन्टन कभर्ड हलमा प्रतियोगिताका खेलहरु सञ्चालन हुने छन् । खेलको माध्यमबाट समाजमा रहेका युवालाई जागरुक बनाई समाजमा क्रियाशील राखी समाज निर्माण, समाजको समृद्धि र विकासमा सहयोग हुने उद्देश्यले प्रतियोगिता आयोजना गरेको जेसीजका अध्यक्ष रायमाझीले बताए ।

प्रतियोगितामा प्रथम, दोस्रो हुनेले क्रमशः नगद १० हजार, ७ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उत्कृष्ट खेलाडीले नगद २ हजार ५ सय रुपैयाँ ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिताका लागि प्रथम पुरस्कार स्वर्गीय रणबहादुर रायमाझीले प्रायोजना गर्ने भएका छन् । स्वर्गीय रणबहादुर पालुङ जेसीजका अध्यक्ष निरजका हजुरबुवा हुन् । प्रतियोगिताका लागि फरक सोच र थाहानगर ब्याडमिन्टन सङ्घले समन्वय गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *