हेटौंडा, हेटौंडा–८ मा रहेको चन्द्रोदय माध्यमिक विद्यालयमा अध्ययनरत ५० जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई स्टेशनरी सामग्री सहयोग गरेको छ ।
किसान कल्याण बहुउद्देश्यीय सहकारी संस्थाले २५ औँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित रजत जयन्ती कार्यक्रम अन्तर्गत स्टेशनरी सामग्री सहयोग गरेको हो । सहकारीका अध्यक्ष मोतिलाल लामाको अध्यक्षतामा भएको कार्यक्रममा चन्द्रोदय माविका प्रधानाध्यापक जिधराज ढकालको प्रमुख आतिथ्यता रहेको थियो ।
५० जना विद्यार्थीलाई १३ हजार रुपैयाँ बराबरको सामग्री सहयोग गरेको व्यवस्थापक केशवकुमार शाही ठकुरीले जानकारी दिए । कार्यक्रममा सहकारीका उपाध्यक्ष रमेश कुमार पौडेल, कोषाध्यक्ष उमानाथ आचार्य, लेखा संयोजक यसोदा कुमारी उप्रेतीलगायत सहकारी सञ्चालक समितिका सदस्यहरूको उपस्थिति रहेको थियो ।







