हेटौंडा, हेटौंडा ८ मा रहेको किसान कल्याण बहुउद्देश्यीय सहकारी संस्थाको शेयर पुँजी ९८ लाख रुपैयाँ रहेको छ । १ हजार २ सय शेयर सदस्य आबद्ध रहेको सहकारीको शेयर पुँजी ९८ लाख ७१ हजार १ सय रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७९/०८० मा सहकारीले ८ करोड ६२ लाख ५८ हजार ८२२ को आर्थिक कारोबार गरेको छ । संस्थाले शनिबार भएको २४ औँ वार्षिक साधारण सभामा सहकारीको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत भएको थियो ।
सहकारीले सदस्यलाई ६ करोड ८७ लाख ४ हजार २६८ रुपैयाँ कर्जा लगानी गरेको छ भने बचत निक्षेप तीन करोड ९९ हजार ४८ हजार ८०८ रहेको संस्थाका व्यवस्थापक केशव कुमार शाहीले बताए । ९८ लाख ७१ हजार एक सय शेयरपुजीँ रहेको सहकारीमा २२ लाख ४५ हजार ६६२ रुपैयाँ जगेडा कोषमा रहेको व्यवस्थापक शाहीले बताए । संस्थाका अध्यक्ष मोतीलाल लामाको सभाध्यक्ष तथा प्रदेश सभा सदस्य एकालाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा विशेष सम्मानतर्फ रामेश्वर अर्याल, ध्रुवराज पुडासैनी, गोरखनाथ राय, गोतामे मोक्तान र धनबहादुर डिम्डुङलाई सम्मान गरिएको थियो । त्यस्तै, जेष्ठ शेयर सदस्यतर्फ राग बहादुर गुरुङ र नारायण मान सिं डंगोल, आवधिक बचततर्फ देव बहादुर सुवेदी, मासिक बचततर्फ इन्द्र सिं थि·, धितो कर्जातर्फ सजिना डिम्डुङ, अनुपा घलान, बिना धितो कर्जातर्फ धनलक्ष्मी थापा, मैया गुरुङ गोम्बा, बालबचततर्फ विहान कार्की र रिदम स्याङ्तान, खेलकुदतर्फ सौगात डिम्डुङलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा हेटौंडा उपमहानगर सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल, वडा सदस्य मञ्जु भूर्तेल, जिल्ला सहकारी संघका उपाध्यक्ष मेनुका दाहाल, जिल्ला बहुउद्देश्यीय सहकारी संघका सदस्य शर्मिला डंगोल, दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाका सचिव ईश्वर पण्डित, राष्ट्रिय सहकारी बैंकका प्रमुख रामेश्वर अर्याल, सर्वोत्तम संचिती साकोसका सचिव रामनाथ बगाले लगायतको आतिथ्यता रहेको थियो ।







