कालीमाई मन्दिरको अक्षयकोष निर्माणका लागि महायज्ञ गर्ने

हेटौँडा, हेटौँडा ९ मा रहेको कालीमाई मन्दिरको अक्षयकोष श्री वृद्धि तथा पुजारी व्यवस्थापनका लागि  श्रीमद् भागवत महापूराण सप्ताह ज्ञान महायज्ञ हुने भएको छ ।

ADVERTISEMENT

पत्रकार सम्मेलनमा महायज्ञको बारेमा जानकारी गराउँदै जयराम खतिवडा

मङ्गलबार हेटौँडामा पत्रकार सम्मेलन गर्दै आयोजक कालिमाई मन्दिर सप्ताह समारोह समितिले यही चैत्र २८ गतेदेखि २०८२ वैशाख ५ गते महायज्ञ हुने जानकारी दिएको हो । मन्दिर परिसरमा हुने महायज्ञमा आचार्य पण्डित यदुकुमार अधिकारीद्वारा श्रीमद् भागवत कथा वाचन हुने महायज्ञ प्रचार प्रसार उपसमिति संयोजक जयराम खतिवडाले बताए ।

आर्थिक अभावका कारण दैनिक पूजाआजाका लागि पुजारी व्यवस्थापन गर्न समस्या भएकाले ज्ञान महायज्ञबाट उठेको दक्षिणाले अक्षयकोष निर्माण गरी पुजारी व्यवस्थापन गर्ने उद्देश्य रहेको उनले बताए । महायज्ञ सञ्चालनको लागि ५ लाख रुपैयाँ खर्च गरी २५ लाख रुपैयाँ संकलन गर्ने आयोजकको अनुमान रहेको छ । २ कठ्ठा क्षेत्रफलमा फैलिएको कालिमाई मन्दिर परिसरमा कालिमाई मन्दिर, राधाकृष्ण, लक्ष्मी नारायणको मन्दिर रहेको छ ।

महायज्ञ सम्पन्न गर्नका लागि माधव प्रसाद पौडेलको अध्यक्षतामा विभिन्न समिति, उपसमिति गठन गरिएको छ । पाँच सय भन्दा बढी रकम दान गर्ने दाताहरुलाई विभिन्न सम्मान समेत गरिने आयोजकले जनाएको छ । चैत २८ गते बिहान ७ः ०० बजे शोभा कलश यात्रा गरिने छ ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *