हेटौंडा, आठौं विनयबाबु बस्नेत स्मृति जिल्ला स्तरीय रनिङ शिल्डको उपाधी तमु बहुउद्देश्यीय सहकारी थाहा ५ फुर्केलेले हात पारेको छ।
४ कार्तिकमा भएको प्रतियोगिताको फाइनलमा आयोजक विनयबाबु स्मृति प्रतिष्ठानलाई ३-० को सोझो सेटमा हराउदै तमु बहुउद्देश्यीयले उपाधी उचालेको हो।
प्रतिस्पर्धात्मक खेलमा आयोजकलाई २५-२३,२५-२० र २५-२३ को अन्तरले पराजित गर्दै तमु बहुउद्देश्यीयले उपाधी हात पार्यो।
उपाधी संगै तमु बहुउद्देश्यीयले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ, उपबिजेता आयोजकले २८ हजार ८ सय ८८ रुपैयाँ तृतीय भएको साविक बिजेता मङलेश्वर युवा क्लवले ११ हजार १ सय ११ रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।
बिजेता खेलाडी तथा बिधागत उत्कृष्ट खेलाडीहरुलाई प्रमुख अतिथी थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु बिष्टले पुरस्कार प्रदान गरेका थिए। प्रतियोगितामा उत्कृष्ट पाँच विधा अन्तर्गत उत्कृष्ट खेलाडी तमु बहुउद्देश्यीयका पुजन गुरुङ हुँदा उत्कृष्ट बेष्ट ब्लकर तमुकै बिबेक माझी, उत्कृष्ट डिफेन्डर तमुका पुकार गुरुङ ,उत्कृष्ट स्पाइकर आयोजकका सुजल कार्की,बेष्ट सर्भर तमुका निश्चल रानामगर र उत्कृष्ट सेटर आयोजककै प्रजिब बलामी तथा उत्कृष्ट नव प्रतिभा खेलाडी उन्युचौरका आशिष् थिङ हुन सफल रहे।
उत्कृष्ट खेलाडीहरुलाइ नगदसहित मेडल प्रदान गरिएको थियो ।
प्रतिष्ठानका अध्यक्ष शंकर कार्कीको सभापतित्वमा सम्पन्न समापन समारोहमा प्रमुख अतिथी थाहा नगर प्रमुख बिष्णु बिष्ट,वडा न २ का बम बहादुर सिङतान,थाहा नगर खेलकुद विकास समितिका संयोजक टिकाराम स्याङ्तान,नगर खेलकुद विकास समितिका पुर्व संयोजक राजेश केसी प्रतिष्ठानका संस्थापक बिजयबाबु बस्नेत ,विनयबाबुका बुबा बिष्णु बहादुर बस्नेत लगाएतको उपस्थिति रहेको थियो।
सशस्त्र प्रहरीमा सेवारत् विनयबाबु बस्नेतको दुर्घटनामा परी मृत्यू भएपछि उनको नाममा २०७४ सालबाट यो प्रतियोगिता शुरु गरिएको विनयबाबु बस्नेत स्मृति प्रतिष्ठानका अध्यक्ष शंकर कार्कीले जानकारी दिए।
सातौ संस्करणको उपाधी मंगलेश्वर युवा क्लवले जितेको थियो। मंगलेश्वरको शिल्ड पचाउने आश सेमिफाइनलमा आयोजक संग पराजित भएसंगै तेस्रो स्थानमा चित्त बुझायो







