भीरबाट लड्दा महिलाको मृत्यु

हेटौँडा, मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं ६ की एक महिलाको भीरबाट लड्दा ज्यान गएको छ ।
मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका-६ कोलडाँडा निवासी ४८ वर्षीया सीतामाया घलान रहेकी छन् ।

ADVERTISEMENT

घाँस काट्न भनी फागुन १७ गते घरबाट निस्केकी घलानको सोमबार बिहान नजिकैको कराँसे भीरबाट लडी मृत्यु भएको अवस्थामा फेला परेको राक्सिराङ गाउँपालिका(६ का वडाध्यक्ष अक्कलबहादुर मुक्तानले जानकारी दिनुभयो ।

परिवारले खोजी गर्ने क्रममा १ हजार ५ मिटर तल भीरबाट खसेर मृत्यु भएको अवस्थामा घलानलाई फेला पारेपछि प्रहरीलाई खबर गरिएको वडाध्यक्ष मुक्तानले बताउनुभयो ।

ADVERTISEMENT

घटनास्थलमा प्रहरी पुगेर थप अनुसन्धान प्रक्रियालाई अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *