हेटौंडा, हेटौंडा– ८ कमानेमा दुई दिने सडक महोत्सव सुरु भएको छ । स्थानिय उत्पादनको प्रवद्र्धन तथा बजारीकरणका लागि ८ नम्बर वडा कार्यालयको आयोजनामा कमानेको खाऔं, कमानेलाई चिनौं भन्ने नारा सहित महोत्सव सुरु भएको हो ।

वडामा रहेका साना उद्योग तथा उद्धमीको उत्पादनलाई बजारीकरण गर्दै स्थानिय उत्पादनलाई प्रवद्र्धन गर्ने उद्दश्य राखेर सुरु भएको सडक महोत्सवको हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले उद्घाटन गरेकी हुन् । महोत्सवको उद्घाटन गर्दै नगर प्रमुख लामाले उत्पादन सँग जोडिन आवश्यक रहेको बताइन् । उनले अहिले गाउँघरमा उत्पादन हुने बस्तु पाउँन मुस्किल भएको अवस्थामा गरीएको महोत्सवले स्थानियलाई उत्पादन सँग जोडिन मद्दत पुग्ने बिश्वास गरीन् ।
कार्यक्रममा उपमहानगरका उपप्रमुख राजेश बानियाँले वडा तहमा हुने यस्ता महोत्सवले उत्पादनलाई बजारीकरण गर्न मद्दत गर्ने बाए । उनले घरेलु उत्पादनलाई बजार सम्म ल्याउन लगाइएको मेला महोत्सवले स्थानियको आय आर्जनमा सधाउ पु¥याउने बताए । महोत्सबमा वडा अध्यक्ष रामकृष्ण थापाले कार्यक्रम लहडमा नगरेको भन्दै घरमै बसेर यहाँका बासिन्दाले गरेको उत्पादनलाई बजार सम्म पु¥याउने उद्देश्य सहित गरेको बताए । स्थानिय उत्पादनलाई पहिचान दिलाउनका लागि कार्यक्रमको निरन्तरता आवश्यक रहेको बताए ।
वडामा रहेका १९ टोल विकास सस्थामा आवद्ध रहेका महिला उद्यमीले उत्पादन गरेको स्थानिय बस्तुलाई बजारीकरण गर्नका लागि महोत्सवले मद्दत पु¥याउने आयोजकले जनाएको छ । महोत्सवमा बिभिन्न समयमा हेटौंडा उपमहानगरबाट लिएका बिभिन्न प्रकारका तालिममा सहभागि आमा समुहले उत्पादन गरेका सामग्री बिक्रीका लागि राखिएको छ । कमानेको निम चौक देखी सागर चौक सम्मको करिब १८० मिटर क्षेत्रमा सञ्चालन हुने महोत्सबमा स्थानिय उत्पादन र खानाको गरी ७० भन्दा बढि स्टल रहेका छन् ।
आयोजकका अनुसार महोत्सवमा सस्थागत रुपमा २ र व्यक्तीगत ३ हजार रुपियाँ स्टल दर कायम गरीएको छ । महोत्सवले स्थानिय उत्पालनलाई प्रवद्धन गर्ने, उत्पादित बस्तुको बजारीकरण गर्ने र स्वरोजगार सिर्जनामा सहयोग पु¥याउने बिश्वास रहेको आयोजक समितिका संयोजक बिष्णुप्रसाद अर्जेलले बताए । उनका अनुसार प्रदर्शनिमा बिभिन्न २१ वटा बालसमुह मार्फत नृत्य सहितका सांस्कृतिक कार्यक्रम समावेस गरीएको छ ।
प्रदर्शनी मेला तथा सास्कृतीक कार्यक्रमलाई सफल बनाउँनका लागि ८ नम्बर वडा कार्यालयले १०१ सदस्य व्यापार प्रवद्धन समिति काम गरीएको छ । महोत्सवका लागि वडा कार्यालयले चालु आर्थिक बर्ष २०८०÷०८१ मा छुट्याएको ३ लाख रुपियाँ सहित अन्य सहयोगिहरुबाट जुटाएर ७ लाख रुपियाँ खर्च अनुमान गरेको आयोजकले जनाएको छ ।
व्यापार प्रवर्द्धन एवम् प्रदर्शनी सडक महोत्सव मुल समारोह समितिका संयोजक बिष्णुप्रसाद अर्जेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उपमहानगरका बिभिन्न वडाका अध्यक्षहरु, स्थानिय राजनितिक दलका प्रमुख तथा प्रतिनिधी सहित बिभिन्न संघसस्थाका प्रमुख तथा प्रतिनिधीको आतिथ्यता रहेको थियो ।






