हेटौंडा कपडा उद्योग सञ्चालन गर्न रास्वपा सांसद उप्रेतीको माग

हेटौँडा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद प्रशान्त उप्रेतीले बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्न सरकारसँग आग्रह गरेका छन्।

ADVERTISEMENT

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले केही समयअघि गृहमन्त्रीले नेपाल प्रहरीका लागि आवश्यक पोशाक स्वदेशमै उत्पादन गर्ने घोषणा गरेको स्मरण गराए। उक्त प्रतिबद्धता कार्यान्वयन गर्न हेटौंडा कपडा उद्योग उपयुक्त आधार बन्न सक्ने उनको भनाइ थियो।

‘नेपाल प्रहरीको कपडा नेपालमै सिलाउने भनिएको थियो, त्यसका लागि हेटौंडा कपडा उद्योग सरकारको पहलको प्रतीक्षामा छ,’ उनले भने, ‘त्यसैले उद्योग सञ्चालनका लागि आवश्यक कदम तुरुन्त अगाडि बढाउन सरकारसँग अनुरोध गर्दछु।’

सांसद उप्रेतीले लामो समयदेखि बन्द अवस्थामा रहेका उद्योगहरू पुनः सञ्चालन गर्ने अभियानको सुरुआत हेटौंडा कपडा उद्योगबाटै गर्नुपर्ने पनि जोड दिए। उनले यस्तो कदमले स्वदेशी उत्पादन प्रवर्द्धन, रोजगारी सिर्जना र औद्योगिक क्षेत्रको पुनर्जीवनमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *