प्राध्यापक नियुक्तिको बिषयमा विद्यार्थी आन्दोलित

हेटौंडा, मकवानपुर बहुमुखी क्याम्पसमा प्राध्यापक नियुक्तिको विषयलाई लिएर क्याम्पसमा कृयाशील विद्यार्थी संगठन आन्दोलित भएका छन् । क्याम्पसका नेपाली विषय प्राध्यापक रामचन्द्र सुवेदी सेवानिवृत भएकोले क्याम्पसलाई नेपाली विषयको प्राध्यापक आवश्यक परेको भन्दै एकजनाको स्थानमा अवैधानिक रुपमा तीनजना नियुक्त गरिएको विद्यार्थी संगठन आन्दोलित भएका हुन् ।

ADVERTISEMENT

नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), नेकपा एस निकटको अनेरास्ववियू, राप्रपा निकटको राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघ र विप्लव निकट अखिल (क्रान्तिकारी)ले अवैधानिक रुपमा नियुक्त गरिएका प्राध्यापकलाई हटाउन माग गर्दै आएको छ । निर्णय सच्चाउन अल्टिमेटम सहित बिहीबार क्याम्पस प्रमुख डा.शंकरप्रसाद उपाध्यायलाई उनीहरुले ज्ञापनपत्र बुझाएका छन् । अवैधानिक निर्णय सच्याउन विद्यार्थी संगठनले ४८ घण्टे अल्टिमेटम दिएका छन् ।

क्याम्पसको विधि विधान भन्दा बाहिर रहेर क्याम्पस प्रशासन र सञ्चालक समितिले नियुक्त गरेका प्राध्यापकलाई तत्काल हटाउन संयुक्त विद्यार्थी संगठनको माग रहेको अध्यक्ष नेवि संघ क्याम्पस सभापति बुद्धबहादुर ब्रम्हले बताए । निर्णय नसच्याए चरणबद्ध आन्दोलन गर्ने उनीहरुको चेतावनी छ । मकवानपुर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले पनि निर्णय सच्याउन क्याम्पस प्रशासनलाई ज्ञापनपत्र बुझाइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *