कैलाशका शिक्षकलाई पाठ्यक्रम सम्बन्धी कस्टमाइज्ड तालिम

हेटौँडा, मकवानपुरको कैलाश गाउँपालिकाका विशेष गरी कक्षा १ देखी ३ कक्षामा अध्यापन गराउने शिक्षकलाई एकीकृत पाठ्यक्रम सम्बन्धी कस्टमाइज्ड तालिम सुरु भएको छ । पाँच दिन सम्म सञ्चालन हुने तालिम शुक्रबारबाट सुरु भएको छ ।
कैलाश ९ मा रहेको कालिका माविमा सञ्चालित तालिम वडा ९ का वडाध्यक्ष भूवन सिंह घलानको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको थियो ।

ADVERTISEMENT

तालिम उद्घाटन गर्दै अध्यक्ष मुक्तानले गाउँपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आइरहेको बताए । उनले तालिमबाट सिकेका सीप र ज्ञानलाई विद्यालय र विद्यार्थी समक्ष पुग्नुपर्ने बताउँदै शिक्षामा क्रमिक रुपमा सुधार हुँदै गइरहेको बताए ।
तालिम भनेको उर्जा हो, तालिम पश्चात यहाँहरु उर्जावान भएर विद्यालय फर्कनुस्, अध्यक्ष मुक्तानले भने । प्रअ बैठकमा उठेका विषयमा आफ्नो ध्यान केन्द्रीत रहेको छ । समस्याको समाधान तर्फ सिंगो गाउँपालिका लाग्ने बताएका छन् । पालिकाले छिट्टै नै तालिम हल निर्माणको तयारीमा जुटेकाले अब यस अवस्था आउन नदिने उनले बताए ।

कार्यक्रममा वडा अध्यक्ष भूवन सिं घलानले सिकेको सीपलाई जति सक्दो कार्यान्वयन गर्न आग्रह गरेका छन् । अनुगमनमा जाँदा त्यसको प्रभावकारी भएको पाइएन्, प्रतिकुल अवस्थामा पनि यहाँहरुले अनुकुल भएर काम गरिनुपर्ने बताए । उनले विद्यार्थीको भविष्य शिक्षकहरुको हातमा रहेकाले तालिममा सक्दो ज्ञान र सीप सिक्न आग्रह गरेका छन् ।
कार्यक्रममा गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख समिर जोशीले यस अघिको तालिम पश्चात विद्यालयमा कार्यान्वयन नभएको बताए । तालिमलाई तालिममै सिमित भएको बताउँदै अबका दिनमा तालिम पश्चात गरिनुपर्ने कार्यान्वयनको पक्ष सबल हुनुपर्ने भनि निर्देश दिए । तालिम पछि ज्ञान र सीप विद्यालयमा देखिनुपर्ने र विद्यार्थीले पनि अनुभव गरिनुपर्नेमा उनले जोड दिए ।
तालिममा गाउँपालिकाका ६ वटा मावि, ४ वटा निमावि र ३३ वटा प्रावि तहका शिक्षकहरुको सहभागिता रहेको सहायक शिक्षा अधिकृत दीपेन्द्र अधिकारीले बताए । तालिममा सहभागी शिक्षकहरुलाई खाना र बस्नको व्यवस्था सहित पाँच दिन तालिम सञ्चालन हुने अधिकारीले बताए । तालिममा विभिन्न विषयमा विज्ञहरुको उपस्थितीमा सहजीकरण रहने जनाइएको छ । तालिममा कालिका माविका प्रअ रामप्रसाद कालाखेती, सहायक शिक्षा अधिकृत दीपेन्द्र अधिकारी, स्रोत शिक्षक ध्रुवराज विष्ट लगायतको आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya