गाँजासहित ५ जना पक्राउ

हेटौंडा, मकवानपुर प्रहरीले अवैध लागूऔषध गाँजासहित ५ जनालाई पक्रेको छ । प्रहरी चौकी लेवटले हेटौंडा १९ बस्तीपुर भित्री सडकस्थित कुवापानीबाट बस्तीपुर तर्फ आउँदै गरेको बा.२१ च ९३२६ नम्बरको कार र ना २१ प १०९० नम्बरको मोटरसाइकललाई गाँजासहित फेला पारेको हो ।

प्रहरीले कारभित्र ४५ किलो गाँजा फेला पारेको हो । पक्राउ पर्नेमा कार चालक पर्साको बहुदरमाई नगरपालिका–४ बस्ने २० बर्षीय ब्रजेशकुमार तेली, कारमा रहेका बहुदरमाई नगरपालिका–९ का ४० बर्षीय नैमोदिन देवान, १९ बर्षका छोटु गुप्ता कलुवार, ७ नम्बर वडाका २२ बर्षका सन्तु राउत कुर्मी रहेका छन् । गाँजाको बिषयमा नैमोदिन देवानलाई सोधपुछ गर्दा उक्त गाँजा नवराज थिङसंग खरिद गरी ल्याएको बताए पश्चात हेटौंडा १९ बस्ने १९ बर्षीय मोटरसाइकल चालक थिङलाई समेत पक्रेको हो ।

प्रहरीले उनको साथबाट ६० ग्राम गाँजा फेला पारेको छ । पाँचैजनालाई आवश्यक अनुसन्धान एवम् कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button