हेटौँडा, हेटौँडामा दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै मोवाईल एशोसिएसन अफ नेपाल (म्यान) मकवानपुरले बम्पर योजना सार्वजनिक गरेको छ। बुधबार आयोजित कार्यक्रममा उद्घाटन गरिएको यो योजना भदौ ५ गतेदेखि पुस ५ गतेसम्म लागू हुने छ। योजनाअनुसार मकवानपुरका करिब दुई सय व्यवसायीले सहभागी भई एक हजार रुपैयाँभन्दा बढीको खरिदमा ग्राहकलाई कुपन वितरण गर्नेछन्।
यस बम्पर योजनामा एक जनालाई टिभिएस स्कुटर, चार सय जनालाई इयरबड्स, पाँच हजार जनालाई माई पावर कम्पनीको इयरफोन, दुई जनालाई १८० लिटरको फ्रिज तथा तीन जनालाई ३२ इन्चको स्मार्ट टेलिभिजन प्रदान गरिने छ। पुरस्कार वितरण पुस १७ गते विशेष साँगीतिक कार्यक्रममार्फत गरिने बताइएको छ।
योजनाको मुख्य प्रायोजक साओमी रहेको छ भने अन्य विभिन्न मोवाईल ब्राण्ड र हेटौँडाका व्यवसायीहरुको समेत सहयोग रहनेछ। यो योजना हेटौँडा मात्र नभई मनहरी, थाहा नगरपालिका तथा मकवानपुरको पूर्वी क्षेत्रमा समेत लागू हुने म्यान मकवानपुरले जनाएको छ। कार्यक्रममा म्यान मकवानपुरका निवर्तमान अध्यक्ष नवराज चौलागाई, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, म्यान मनहरी क्षेत्र अध्यक्ष हीमशिखर ब्लोन, म्यानका पूर्व अध्यक्ष दिनेश लामा, महासंघ प्रदेश महासचिव विज्ञान घिमिरे, म्यानका सल्लाहकार कुमारमणी त्रिपाठीलगायतको आतिथ्यता रहेको थियो ।







