बकैयाँका ११ जना भुमिहिन सुकुम्बासीलाई लालपुर्जा वितरण

हेटौंडा, मकवानपुरको बकैया गाउँपालिकाले भुमिहिन सुकुम्बासीहरुलाई जग्गाधनी पुर्जा (लालपुर्जा) वितरण गरेको छ । शनिबार एक कार्यक्रमका बिच प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको उपस्थितीमा बकैया वडा नम्बर–५ का ११ जना भुमिहिन सुकुम्बासीहरुलाई लालपुर्जा वितरण गरिएको हो ।

ADVERTISEMENT

मुख्यमन्त्री जम्कट्टेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बकैया–५ का शुक्रबहादुर भुलुन, निरमाया भुलुन, फुलमाया भुलुन, सुवास कुमार बि.क, शुसिला विक, बाबुलाल थिङ, कमल बहादुर थिङ, कान्छीमाया पुलामी, हस्तबहादुर थिङ, लक्ष्मण थापा र विनोद वाइवालाई लालपुर्जा हस्तान्तरण गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मुख्यमन्त्री जम्कट्टेलले सरकारले नागरिकहरु प्रति उत्तरदायी भएर काम गरेको बताए ।

उनले सरकारले सकारात्मक पहलहरु गर्दा पनि विपक्षीहरुले विरोधका लागि विरोध गरेको बताए । सरकारले अवैध रुपमा ल्याएको सुन नियन्त्रणमा लिँदा पनि विपक्षीहरुले विरोध गर्दै सडकमा राँके जुलुस निकालेको उनको भनाई छ ।
‘सरकारले नागरिकहरुप्रति उत्तरदायी भएर जिम्मेवारी पुरा गरिरहेको छ ।

तर, सरकारले राम्रो काम गर्दागर्दै पनि विपक्षीहरुले विरोध गर्दै अवरोध गर्ने काम गरिरहेका छन् ।’ उनले भने, ‘सरकारले अवैध रुपमा ल्याइएको १०० किलो सुन समातेर अनुसन्धान कार्य अघि बढाएको छ । तर, एमालेका साथिहरु विरोध गर्दै राँके जुलुसमा निस्किनु भएको छ ।’

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *