हेटौंडा, हेटौंडाको द क्यान्डिड स्टुडियोले हेटौंडा ७ मा वृक्षरोपण गरेको छ । हेटौंडा–७ न्युरेनीस्थित पशुपति मन्दिरमा १५० वटा विरुवा रोपेको हो ।
बेल, अमला, कागती, तेजपत्ता, पारिजात, जामुनसहित १३ प्रजातीका १५० वटा विरुवा रोपिएको स्टुडियोका सञ्चालक ओमप्रसाद फुयाँलले बताए । कार्यक्रममा स्टुडियोका कर्मचारी, फरेष्ट्री क्याम्पसका विद्यार्थी, रोट¥याक्ट क्लब अफ मकवानपुरका पदाधिकारी र स्थानीय मिलेर वृक्षरोपण गरेका थिए ।
वृक्षरोपणका लागि मन्दिर परिसरलाई नै छनोट गरेकोमा आयोजकलाई धन्यवाद दिँदै मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कृष्ण घिमिरेले विरुवाको संरक्षण गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा न्यूरेनी चिसापानी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष प्रकाश कार्की, संगालो टोल विकास संस्थाका अध्यक्ष रोमप्रसाद न्यौपाने लगायतको उपस्थिति थियो । बदलिँदो जलवायु परिवर्तनलाई मध्यनजर गर्दै यो वर्ष १ हजार विरुवा रोप्ने लक्ष्यका साथ वृक्षरोपण सुरुवात गरिएको फुयाँलले बताए ।
ADVERTISEMENT