सुन्दर ग्रुपद्धारा विद्यालयलाई दराज सहयोग

हेटौंडा, हेटौंडामा रहेको सुन्दर ग्रुप अफ कम्पनी प्रालिले विद्यालयलाई दुई थान दराज सहयोग गरेको छ । शनिबार हेटौंडा १ नकौलीमा अवस्थित कालिका आधारभूत विद्यालयलाई कम्पनीको ५ औँ वार्षिक उत्सवको अवसरमा दराज सहयोग गरेको कम्पनीका अध्यक्ष सन्तोष पराजुलीले बताए ।

ADVERTISEMENT

विद्यालयको कालिका बाल समूहका अध्यक्ष स्नेहा भुलुनको सभाध्यक्षता तथा कम्पनीका अध्यक्ष एंव हेटौंडा जेसीजका कार्यकारिणी उपाध्यक्ष सन्तोष पराजुलीको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरि सहयोग प्रदान गरिएको थियो ।
विद्यालयलाई सहज रुपमा आवश्यक कागजपत्र सुरक्षित राख्नका लागि हामीले दराज सहयोग गरिएको अध्यक्ष पराजुलीले बताए । उनले कार्यक्रममा आफुले वार्षिक रुपमा एक जना विद्यार्थीलाई छात्रवृति प्रदान गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

कार्यक्रममा विद्यालयका प्रअ बैकुण्ठ पराजुली, कम्पनीका सञ्चालक सञ्जय पौडेल,पर्वत बर्तौला, जीवन छत्कुली लगायत विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *