भीमफेदी कारागारलाई बकैया गाउँपालिकाको सहयोग

हेटौंडा, भीमफेदी कारागारका कैदीबन्दीलाई बकैया गाउँपालिकाले सहयोग गरेको छ । भीमफेदी कारागारमा कैदी जीवन बिताईरहेकाहरुलाई दशैको अवसर पारेर बकैयाँ गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले भीमफेदी कारागारका निमित्त कार्यालय प्रमुख मदन लामा थिङलाई नगद २५ हजार रुपैयाँ सहयोग गरेका हुन् ।

ADVERTISEMENT

बकैया गाउँपालिकाका अध्यक्ष धर्म लामिछानेले चाडपर्वलाई लक्षित गरी कारागारलाई सहयोग गरेको बताए । आगामी दिनमा पनि सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरेका थिए । मकवानपुर जिल्लाका करिव ७० प्रतिशत मानिस भीमफेदी कारागारमा रहेको जनाएको छ । शुक्रबार भीमफेदी कारागारमा ९ सय ९९ जना रहेका छन् ।

जसमा ब्लक क मा ५ सय ५५ जना, ब्लक ख मा ४ सय ४४ जना रहेको र्चौकिदार सन्देश कालाखेतीले जानकारी दिए । ‘विभिन्न सजाय भोगिरहेका व्यक्तिले पनि दशै पर्व मनाउनु पर्छ ।’ चौकिदार कालाखेतीले भने –‘बकैया गाउँपालिकाको सहयोगले केही राहत भएको छ ।’ चाडपर्व मनाउनका निम्ति अन्य सरोकारवाला निकायलाई पनि सहयोगको लागि उनले आग्रह गरेका छन् ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya