हेटौंडा, नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल मकवानपुरको चौथो अधिवेशन हेटौंडामा सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनले उत्सव चौलागाईंको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
त्यस्तै, उपाध्यक्षमा लक्ष्मी पौडेल, सानी मोक्तान, सचिवमा हिरा तामाङ्, कोषाध्यक्षमा समाधि बल, उपसचिवमा सविता पौडेलसहित १५ सदस्यीय कमिटी चयन भएको छ । बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।







