हेटौंडा, हेटौंडा–९ मा रहेको नारायणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यलाई शनिबार सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरेको छ ।
संस्थाका अध्यक्ष जंगबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यमा सहकारी शिक्षा कार्यक्रम भएको हो । शिविरमा वित्तिय साक्षरता र सहकारी शिक्षाको बारेमा जानकारी गराईएको थियो ।
शेयर सदस्यहरुलाई सहकारी सम्बन्धि जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष गुरुङले बताए । राष्ट्रिय सहकारी बैंक हेटौंडाका प्रमुख रामेश्वर अर्याल र नमस्ते सहकारी संस्थाका अध्यक्ष नवराज खनालले सहजीकरण गरेका थिए । कार्यक्रममा १ सय भन्दा बढी शेयर सदस्यको उपस्थित रहेको थियो ।







