जनहित स्वावलम्बनको साधारण सभा, एक करोड ६९ लाख कर्जा लगानी

हेटौंडा मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ खैरेनीमा रहेको जनहित स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाको सोमबार १७ औं वार्षिक साधारण सभा भएको छ । संस्थाका अध्यक्ष श्रीराम अर्जुन दहालको सभाध्यक्षता तथा वडा नम्बर ५ का वडा अध्यक्ष दिपेश दाहालको प्रमुख आतिथ्यतामा सभा भएको थियो ।

ADVERTISEMENT

सहकारीले सभामा विभिन्न विधामा पुरस्कार तथा सम्मान गरेको छ । सहकारीले जेष्ठ शेयर सदस्यतर्फ पिताम्बर हुमागाई र सेतीमाया घ्यावा, असल ऋणीतर्फ लिलानाथ घिमिरे र संगीता सुनाम, उत्कृष्ट बचततर्फ नारायणप्रसाद घिमिरे र कान्छीमाया थिङ, उत्कृष्ट शेयर कर्तातर्फ बुद्धिकुमारी लो र बलराम छत्कुलीलाई सम्मानित तथा पुरस्कृत गरिएको थियो । सभामा समूहतर्फ अन्नपूर्ण आयआर्जन समूह प्रथम, जनज्योती आयआर्जन समूह द्धितीय, गुरासँ आयआर्जन समूह तृतीय र नवसृजना आयआर्जन समूह सान्त्वना भई पुरस्कृत गरिएको थियो ।

१३ लाख ३२ हजार पाँच सय शेयर पुजीँ रहेको सहकारीमा जगेडा कोषभने १२ लाख ६९ हजार ४८१ रुपैयाँ रहेको संस्थाका अध्यक्ष श्रीराम अर्जुनले बताए । सहकारीको बचत निक्षेप एक करोड ३७ लाख ४१ हजार ६७१ रुपैयाँ रहेको र आफ्ना शेयर सदस्यलाई विभिन्न कृषि तथा पशुपालन र व्यवसाय क्षेत्रमा एक करोड ६९ लाख ९ हजार २५७ रुपैयाँ कर्जा लगानी गरेको अध्यक्ष श्रीराम अर्जुनले बताए ।

सभामा जिल्ला बचत तथा ऋण सहकारी संघका संस्थापक अध्यक्ष सुलोचना स्याङ्तान, वडा नम्बर ५ का निवर्तमान वडा अध्यक्ष जीतबहादुर घिमिरेको विशेष आतिथ्यता रहेको थियो । सभामा कार्यपलिका सदस्य नन्दकुमारी विक, महिला कल्याण साकोसका सदस्य दिलकुमारी थिङ, स्वारोजगार साना किसान कृषि सहकारीका अध्यक्ष धनकुमारी खड्का, संस्थाका संस्थापक अध्यक्ष गुणनिधि ढकाल, पुर्व अध्यक्ष थलनाथ घिमिरे, तीलगंगा बहुउद्देश्यीय सहकारीका अध्यक्ष रादिका छत्कुली, लेखा संयोजक चण्डिका पौडेल, सल्लाहकार यज्ञप्रसाद तिमल्सिना लगायतको आतिथ्यता रहेको थियो ।

सहकारीको सभामा संस्थाका अध्यक्ष श्रीराम अर्जुनले वार्षिक प्रगति र भावी वार्षिक नीति तथा कार्य योजनाहरु प्रस्तुत गरेका थिए । सभामा रिक्त रहेको पदहरुमा पदपूर्ति समेत गरिएको थियो । सभाबाट सचिवमा राजन घिमिरे, लेखा समिति सदस्यमा सीता अधिकारी र ऋण उपसमितिको सदस्यमा संगीता सुनाम चयन गरिएको छ ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *